आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानद्वारा टी–ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप, अष्ट्रेलियाको खस्कँदो नतिजा

AuthorAP Khabar २०७५ कार्तिक १२, सोमबार ( ५ साल अघि) ५६६ पाठक संख्या

काठमाडौं, कार्तिक १२ : पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । आइतबार राति सम्पन्न टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा अष्ट्रेलियालाई ३३ रनले पराजित गर्दै ३–० ले जितेको हो । यसअघि भएको दुवै खेल पास्तिानले जितेको थियो ।
१५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धा्रित २० ओभर सकिन ५ बल बाँकी छँदा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाको लागि मेकडेर्मोट र मिचेल मार्सले समान २१–२१ रन बनाए । त्यस्तै एलेक्स क्यारीले २० र क्रिस लिनले १५ रन मात्रै बनाउँदा नाम चलेका ब्याट्सम्यानले दोहोरो अंक पनि बनाउन सकेनन् ।
अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका शादब खानले ३ र हसन अलीले २ विकेट लिए । दुबई अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले ५०, सहिबजादा फरहानले ३९ र मोहम्मद अफिजले अविजित ३२ रन बनाएका थिए ।
अनलाईन खबर

प्रतिक्रिया दिनुहोस