आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, अस्पताल परिसरमा नेता-कार्यकर्ताको भीड

AuthorAP Khabar २०७५ कार्तिक १२, सोमबार ( ५ साल अघि) ४४८ पाठक संख्या

काठमाडौं, कार्तिक १२ :  छातीमा संक्रमण र सुगरको मात्रा बढी भएपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओली आज बिहान ४ बजे काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको हो ।
उहालाई अहिले मनमोहन कार्डियोलोजी भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार गरिँदै छ । उअनको स्वास्थ्य अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई एन्टिबायोटिक औषधि चलाइएको छ ।
कार्डियोलोजि विभागका निर्देशक डा.उत्तम श्रेष्ठले प्रधानमन्त्रीको अवस्था सामान्य हुँदै गएको जानकारी दिनुभयो । केही दिन यता बिरामी पर्नुभएका ओली स्वास्थ्यमा थप समस्या देखिएपछि आज बिहान अस्पताल पुग्नुभएको हो ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंहले उहाँको अवस्था सुधार हुँदै गएकाले भोलिसम्म डिस्चार्ज गर्न सकिने बताउनुभएको छ । तर संक्रमणको सम्भावना कायमै रहेकाले थप केही दिन अस्पतालमै राखेर उपचार गराउन पनि सकिने जानकारी दिनुभएको छ ।
अस्वस्थ भएर अस्पतालमा उपचारका लागि प्रधानमन्त्री भर्ना भएपछि बिहानैदेखि नेकपाका कार्यकर्ताहरु प्रधानमन्त्रीको अवस्था बुझ्न अस्पताल पुगेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, मन्त्रीहरु र नेकपाका कार्यकर्ताहरु अस्पतालमा पुगेका थिए ।
अहिले पनि अस्पतालमा नेता तथा कार्यकर्ता पुग्ने क्रम जारी छ ।

ईमेज खबर

प्रतिक्रिया दिनुहोस