आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छठ घाट बनाउने विषयमा दुई पक्ष बिच झडप दर्जन घाईते

AuthorAP Khabar २०७५ कार्तिक १२, सोमबार ( ५ साल अघि) ७४२ पाठक संख्या

AP संवादाता
कलैया,कार्तिक १२ : बाराको महागढीमाई नगरपालिका १ स्थित गढीमाई मन्दिर परिसरमा छठ घाट बनाउने बिषयमा दुई पक्ष बिच झडप हुँदा करिब एक दर्जन स्थानियहरु घाईते भएका छन् ।
गढीमाई मन्दिर स्थित रहेको सार्वजनिक जग्गामा दुई समुहले छुटाछुटै छठ घाट बिगतको दिनमा बनाउदै आएका थिए । साविक बरियारपुर वडा न २ को छठ घाटको जग्गा सडक बिस्तार हुदा ढलान भैइसकेकोले छठ घाट बनाउन साघुरो भएको भन्दै साविक बरियारपुर वडा न ४ को जग्गामा आफ्नो छठ घाट बनाउन लागेपछि त्यसको बिरोध गर्दै महागढीमाई नगर पालिका १ का साविक १ र ४ का स्थानियहरु बिच झडप भएको हो । साविक वडा नम्बर ४ का स्थानियहरुले बिगत एक हप्ता देखि आफ्नो जग्गामा बनाउन नदिने अडान लिदै आएको थियो ।
स्थानियहरु बिच वार्ता भैरहेको बेला कुरा नमिलेपछि एकासी दुबै पक्ष बिच झडप शुरु भएको थियो । झडपमा परि अशोक गोढ, जयनारायण जैसवाल, रामजी महतो, नन्दकिशोर ठाकुर नरेश मन्डल, रामधिस महतो र बिपक्षी पक्षको महागढीमाई नगर पालिका १ निवासी झगरु महतो, गढीमाई मन्दिर संचालन तथा बिकास समितिका सचिव मोतिलाल कुश्वाहा, दिलिप कुश्वाहा लगायत घाईते भएका छन् ।
घाईते मध्ये मोतिलाल कुश्वाहा, दिलिप कुश्वाहाको अवस्था गम्भीर रहेको र निजहरुलाई उपचारका लागि विरगंज लगिएको जील्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक रंजितसिहं राठोरले जानकारी दिनुभएको छ । अन्य समान्य घाईतेहरुको जिल्ला अस्पताल कलैयामा उपचार भईरहेको प्रवक्ता राठौरले जानकारी दिएका छन् ।

दुई पक्षको बिच भएको झडपलाई प्रहरी पोष्ट बरियारपुर र शस्त्र प्रहरी बेस क्याप बरियारपुरले झडप लाई नियन्त्रणमा प्रयास गरेका थिए , पछि स्थितीलाई समान्री बनाउन जिला प्रहरी कार्यलय बाराको प्रहरी निरीक्षक धर्मजग थिङ्ग्को अगुवाईमा महागढीमाईमा थप टोलि पठाईएको छ

प्रतिक्रिया दिनुहोस