आज:  २०८२ माघ ४, शनिबार | Sat, 17, Jan, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढमैं अन्तर्राष्ट्रिय विमानस्थल बन्नु पर्छ कांग्रेस नेता शेखर कोईराला

AuthorAP Khabar २०७५ कार्तिक १२, सोमबार ( ७ साल अघि) ६०९ पाठक संख्या

AP संवादाता
निजगढ, कार्तिक १२ : नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवंम नेता शेखर कोईरालाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा नैं बन्नु पर्नेमा जोड दिनुभएको छ । निजगढ उद्योग वाणिज्य संघको सभाहलमा नेपाली काँग्रेस नगर ईकाई कार्य समिति निजगढद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठुलो परिमाणका प्राकृतिक वन सम्पदालाई मासेर बनाउँदा यसले प्राकृतिक वातावरणमा पार्न सक्ने प्रतिकूल असरलाई कम हुने गरि विकासका काम गर्नु पर्ने र निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो बन्नु पर्ने धारणा रहेको छ ।

सञ्चारकर्मीहरुलाई आफ्ना भनाईलाई जस्ताको तस्तै सम्प्रेषण गर्न आग्रह गर्दै ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नैं छिटो भन्दा छिटो बन्नु पर्छ’ उहाँले बताउनुभयो । नेपाली काँग्रेस प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, शान्ति, समृद्धिका लागि निरन्तर अघि बढी रहेको भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाउँन आँफु लागि परी रहेको र यो प्रयास पुरा हुँने दाबी समेत गर्नुभयो ।
संविधान र संघियतालाई कार्यवन्यन गर्न केन्द्र सरकारले प्रदेश सरकार र स्थानीय सरकारको अधिकारलाई अझै कुण्ठित बनाई रहेको आरोप लगाउँदै अधिकारलाई केन्द्रिकृत गरेर केन्द्रले नैं राख्ने हो भने संघियता र संविधान दुबै अप्ठ्यारोमा पर्ने र जन आन्दोल ०६२/६३ बाट प्राप्त सबै उपलब्धि समेत गुम्न संकेत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस