आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलद्धारा संयुक्त नागरिक सहायता कक्ष संचालनमा

AuthorAP Khabar २०७५ कार्तिक १२, सोमबार ( ५ साल अघि) ७२१ पाठक संख्या

AP संवादाता
महोत्तरी, कार्तिक १२  : सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल एसएसबी वीचको समन्वयमा मुख्य चाडपर्व (तिहार र छठ) लाई लक्षित गरि नेपाल भारतको सिमामा संयुक्त नागरिक सहायता कक्ष (हेल्प डेक्स) संचालनमा आएको छ ।
संयुक्त नागरिक सहायता कक्ष जिल्लाको मुख्य नाका जलेश्वर (भिट्ठामोड) र सहायक नाकाहरु सम्सी, पोखरभिण्डा, मनरा, खैरबनी र मटिहानी हुँदै नेपालबाट भारत तर्फ भारतीय र भारतबाट नेपाल तर्फ आउने नेपाली नागरिकहरुको लागि सीमामा आवतजावत गर्न सहज भएको छ ।
संयुक्त नागरिक सहायता कक्षको सहयोगले दुवै देश विचको सम्बन्धलाई समेत अझै सुमधुर बनाउने सीमावर्ती नागरिकहरुको भनाई छ ।
नेपाली नागरिकहरु विभिन्न कामको लागि भारत बस्ने गरेको तथा भारतीयहरू पनि नेपालमा काम गरेर बस्ने हुदा दुई देशका नागरिकहरू मुख्य चाडपर्वहरूमा आ–आफ्नो देश फर्कदा तथा अन्य नेपाली तथा भारतीय नागरिकहरु भ्रमणको शिलशिलामा आवतजावतमा सहजीकरणको लागि सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुले संयुक्त नागरिक सहायता कक्ष संचालन गरि सहयोगी भुमिका निर्वाह गरिरहेको छ ।
यसैगरि सीमामा हुने मुख्य चुनौती लागु औषध तथा हातहतियार ओसारपसार, मानव वेचविखन, अवैध चोरी पैठारी एवं निकासी लगायत अन्तर सीमा अपराध नियन्त्रणको लागि नेपाल र भारतका सुरक्षाकर्मीहरुले सीमावर्ती ईलाकामा संयुक्त चेकजाँच तथा गस्ती पट्रोलिङलाई तिव्रता दिएको तथा समग्र जिल्लाको शान्ति सुरक्षा प्रभावकारी बनाएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
महोत्तरी जिल्लाको मुख्य नाका जलेश्वरको भिट्ठामोडमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नं. ९ गणको मातहतमा रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी जलेश्वर, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) महोत्तरी १३ नं गुल्म र भारतिय एसएसवी ५१ नं बटालियन “बि” कम्पनीको समन्वयमा यो संयुक्त नागरिक सहायता कक्ष संचालनमा आएको हो ।
नागरिक सहायता कक्षमा जुनियर अफिसरहरू समन्वय अधिकृतको रूपमा रहि टोली खटिएको छ भने अन्य सहायक नाकाहरुमा समेत नेपाल र भारत दुवै पक्षका सशस्त्र प्रहरी र भारतिय एसएसवीको स्थानिय कमाण्डरहरुले आ–आफ्नो क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष खडा गरेका छन । भिट्ठामोडमा सशस्त्र प्रहरी नायव निरिक्षक विष्णु वहादुर पन्थ र एसएसवी तर्फ एएसआई सोनम इसेको कमाण्डमा सहायता कक्ष संचालन गरिएको सशस्त्र प्रहरी निरिक्षक अमरराज बरामुले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस