आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाले मेक्सिकोको उत्तरी सीमामा थप ५२ सय सेना खटाउने

AuthorAP Khabar २०७५ कार्तिक १३, मंगलबार ( ५ साल अघि) ६२२ पाठक संख्या

काठमाडौँ, कार्तिक १३  : अमेरिकाले मेक्सिकोसँगको उत्तरी सीमाबाट आप्रवासीको प्रवेश रोक्न थप ५२ सय सेना खटाउने भएको छ । मध्यवधिक चुनाव नजिकिदै गर्दा आप्रवासीलाई प्रयोग गरि गैरकानूनी क्रियाकलाप बढ्न सक्ने भन्दै पेन्टागनले सीमामा थप सेना खटाउने भएको हो ।
मेक्सिकोसँगको सीमा क्षेत्रमा यसअघि नै २१ सय अमेरिकी सैनिक तैनाथ छन् । अमेरिकाले सीमामा खटाउन लागेको सेनाको संख्या सिरिया र इराकमा तैनाथ अमेरिकी सेनाको संख्याभन्दा धेरै रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई सेनाले सीमामा कुरेर बसिरहेको बताएका छन् । गत राष्ट्रपतीय चुनावमा अमेरिकी राजनीतिक दलहरु आप्रवासीको मुद्दालाई लिएर विभाजित थिए ।
मेक्सिकोसँग सीमा जोडिएका टेक्सास, क्यालिफोर्निया र एरिजोनाका सीमा क्षेत्रमा सेनाहरु तैनाथ रहने पेन्टागनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मध्यावधिक चुनावमा अमेरिकामा आप्रवासीद्वारा चुनाव विरोधी कृयाकलाप हुनसक्ने भन्दै विशेष सुरक्षा अपनाइएको हो ।

 

ई कान्तिपुर

प्रतिक्रिया दिनुहोस