आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छठ पर्वपछि जीतपुरका घरटहरा हटाउने ६ लेन सडक योजनाको तैयारी

AuthorAP Khabar २०७५ कार्तिक १३, मंगलबार ( ५ साल अघि) ४२८ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १३ : ब्यापारीक मार्ग बिस्तार योजना पथलैया–बिरगंज छठ पर्वपछि जीतपुरको घरटहरा हटाउने भएको छ । बाराको पथलैया–बिरगंज ६ लेन व्यापारीक मार्ग निर्माण कार्य अबरुद्ध हुने गरी जीतपुरको केहि स्थानियले घरटहरा नहटाएपछि योजनाको कार्यलयले छठ पर्वपछि आफैले घरटहरा हटाउने भएको छ ।
सडकको २५ मिटर भित्रको संरचना हटाउँन स्थानीयले अटेर गर्दै आएपनि हाल केहि ब्यक्तिले आफनो संरचाना भत्काएको र केहि ब्यक्तिले आयोजनालाई नै संरचना भतकाउन आग्रह गरेपछि ब्यापारीक मार्ग बिस्तार योजना पथलैयाले छठ पर्वपछि जीतपुरको घरटहरा भत्काउने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका सहित भएको छलफलमा केहि ब्यक्तीहरुले आफुहरु आफ३नो घर भत्काउन नसक्ने बताएपछि ब्यापारीक मार्ग बिस्तार योजना कार्यालय पथलैयाले आफनै लगानिमा जीतपुरको घरटहरा भत्काउने भएको योजनाका प्रबक्ता ईन्जिनियर सौम्या आनन्दले बताउनुभएको छ ।
पथलैया–बिरगंज औद्योगीक करिडोरमा पथलैया देखी बिरगंज सुख्खा बन्दरगाह सम्म सरकारले २०७३ असार २९ गते देखी निर्माण थालेको थियो । निर्माण थाले देखीकै योजनाले संरचना हटाउँन पटक पटक गरेको अनुरोध जीतपुरका स्थानीहरुले अवज्ञा गर्दै आएपनि हाल योजना कार्यालय पथलैयाले सडकमा पर्ने घरटहराको लगत संकलन गरेर राखेपछि यहाँका स्थानियहरु संरचना हटाउन तैयार भएका हुन ।
बारा जिल्लाकै मुख्य ब्यापारीक नगरीको रुपमा रहेको जीतपुर क्षेत्रको कामलाई तिब्र गतिमा अगाडी बढाउने सोच योजना कार्यालयको रहेको छ । यस क्षेत्रको सडक निर्माण गर्ने जिम्मा पाएका कम्पनिको काम गर्ने शैली संतोष जनक नरहेको भएपनि घना बस्ति तथा ब्यापारीक नगरी जितपुर क्षेत्रको कामलाई लगभग २ महिना भित्र सम्पन्न गर्ने ईन्जिनीयर आनन्दको भनाई छ ।
योजना अन्तरगत पथलैया–बिरगंज व्यापारिक मार्गको मध्य बिन्दुमा रहेको जीतपुर बाहेक पथलैया, सिमरा लगायतका बजार क्षेत्रमा स्थानीयले बिकासको काम भन्दै आँफै आफ्नों संरचना हटाएको थियो । २०७५ पुष २८ गते भित्र सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने योजनाको काम जीतपुर बजारका कारण प्रभावित बने पछि पटक पटको आग्रहमा यहाँका स्थानियहरु लागत संकलन गरेसंगै घरटहरा हटाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस