आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्लाहीमा गोली चल्दा एकको मृत्यु

AuthorAP Khabar २०७५ कार्तिक १३, मंगलबार ( ५ साल अघि) ५४८ पाठक संख्या

सर्लाही, कात्तिक १३ : सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय रामविलास महतो रहेका छन् ।

सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो ।

सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक पुरुषोतम पाण्डेले जानकारी दिनुभएको छ । उहाँले गोली चलाउने व्यक्तिको खोजी जारी रहेको र प्रहरीले स्थितीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस