आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ऐलानी जग्गाको रुख वडाअध्यक्षले बिक्री गराएको आरोप , बेच्ने महतो र खरीद गर्ने लालमह्मदलाई १५ हजार जरीवाना

AuthorAP Khabar २०७५ कार्तिक १३, मंगलबार ( ५ साल अघि) ५५० पाठक संख्या

तिवारी यादव
वीरगञ्ज,असोज १३ : बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वृजकिशोर कुशवाहाले ऐलानी जग्गामा रहेको रुख १२ हजारमा मनोमानि तरीकाले बिक्री वितरण गरेको स्थानीयबासीले आरोप लगाएका छन ।वडा नम्बर ६ बेलहियाका स्थानीय राम बहादुर मंडलको लामो समय देखि कब्जामा रहेको ऐलानी जग्गाको रुख वडाअध्यक्षले विना जानकारी बिक्री वितरण गरेको स्थानीयबासीको बताएका छन ।
वडा अध्यक्ष कुशवाहाले आफना निकटका स्थानीय अर्जुन जी महतो कोइरीको रुख रहेको भन्दै बिक्री वितरण गरेको पाईएको छ ।स्थानीय मंडलको कब्जामा रहेको जग्गाको रुख विना जानकारी बिक्री गरेर काट्न लगाएको खबर पाएपछि गण्डक प्रहरीलाई सुचना दिदै ठेकेदार लालमह्मद मियालाई पक्राउ गर्ने लगाएका थिए ।
तर, वडा अध्यक्ष कुशवाहाले पक्राउ परेका ठेकेदार लालमह्मदलाई छुटाउने प्रयास गरेपनि प्रहरी चौकी नौतक गण्डकका प्रहरी टोलीले गाँउपालिका कार्यालयमा पक्राउ परेका लालमह्मदलाई बुझाएको मंडलले बताएका छ ।तर,यस बिषयमा प्रहरी चौकी नौतक गण्डकका प्रहरी सहायक निरिक्षक अच्छेलाल प्रसाद कुर्मीले केहि जानकारी नभएको प्रतिक्रिया दिएका छन ।
ऐलानी जग्गामा रहेको रुख नम्बरी हो कि ऐलानी यकिन नभए सम्म १२ हजारमा खरीद गरीएको रुखको ठाँउमा १५ हजार नगद बिक्रि गर्ने अर्जुन र रख खरिद गर्ने ठेकेदार लालमह्मदलाई गाँउपालिकामा रकम जम्मा गर्ने सहमति भएको प्रसौनी गाँउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले बताए ।
गाउपालिका अध्यक्ष गुप्ताले गाँउपालिका कार्यालय भएको सहमति हनुसार छठपछि ऐलानी जग्गालाई अमिन लगाएर नापी गर्ने , ऐलानी जग्गा भएको प्रमाणित भए जम्मा गरीएको रकममा ३ हजार थप गरेर जरीवाना लिने वा निजि जग्गा पुष्टि भए रकम फिर्ता गरीने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस