आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेस संगठन नेपाल पर्साले १८ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

AuthorAP Khabar २०७५ कार्तिक १३, मंगलबार ( ६ साल अघि) ३९४ पाठक संख्या

तिवारी यादब
वीरगञ्ज, कातिक  १३ : नेकपाको भातृ संगठन प्रेस संगठन नेपाल पर्साको बैठक मंगलबार सम्पन्न भएको छ । वीरगञ्जमा बसेको बैठकले नेकपा एमाले निकट तत्कालिन प्रेस चौतारी र तत्कालिन माओबादी केन्द्र निकट प्रेस सेन्टरलाई संगठन एकता नभए सम्म प्रेस संगठन नेपालको बिधि बिद्यान अनुसार एक ढिक्का भएर एक साथ अगाडी बढने निर्णय गरेको छ । साथै हिन्दुहरुको महानपर्व दिपावली र छठपर्वको अवसरमा कार्तिक १८ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खड्का , तत्कालिन प्रेस चौतारी केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, तत्कालिन प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी, तत्कालिन प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोेटे मगर, पत्रकारहरु जगत राई, सफल खतिवडा , तुलसी भण्डारी लगायत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस