आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा नम्बर ५ को योजनामा छानबिन गरेर मात्र भुक्तानी दिन नगरपालिसंग स्थानियको माग

AuthorAP Khabar २०७५ कार्तिक १४, बुधबार ( ५ साल अघि) ७१२ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १४ : जीतपुरसिमरा उपमहानगरपालिका ५ मा भएको विकासको काममा लगानि अनुसार नभएको भन्दै त्याहाँका स्थानियहरुले छानबिन गरी रकम निकासा गर्न माग गरेका छन् । मंगरबार ४४ जनाको हस्ताक्षर सहित नगरपालिका पुगेका वडा नम्बर ५ का स्थानियहरुले वडा कार्यलयको योजनामा भ्रटचार भएको हुन सक्ने आशंका सहित छनबिन गरी मात्र रकम निकासा गर्न माग गरेका छन् ।
कृष्ण प्रसाद चौधरीको नेतृत्वमा आएको स्थानियहरुको टोलीले नगरपालिकामा निवेदन दर्ता गराएका छन् । निवेदनमा आर्थिक वर्ष ०७४/७५ को योजनाबाट निर्माण हुन लागेका विकासे पुर्वाधारहरुमा वडा अध्यक्ष मोहित चौधरीले बिना कुने संचार उपभोक्ता समिति गठन गरेको, बजेट अनुसार काम नगरेको र नगरपालिकाबाट कम कामको पुरै बजेट लिन खोजेको प्रती आपती जनाउदै नगरपालिकालाई सहि छानबिन गरी भुक्तानी दिन माग गरीएको छ ।
यता वडा नम्बर ५ का वडा अध्यक्ष चौधरीको वडामा आर्थिक वर्ष ०७४ / ७५ मा ६ ओटा वडाका लागि दिइएको योजना मध्ये १० लाखमा निर्माण गर्न भनिएको नासीको नालामा ९ लाख ४८ हजार, १० लाख मै निर्माण गर्ने भनिएको बिसौलियामा सामुदायीक भवनमा ५ लाख ८० हजार, ८ लाखमा निर्माण गर्ने भनिएको बकुलिया क्याम्पसको शौचालय निर्माणमा ७ लाख ५७ हजार, ५ लाखमा निर्माण गर्ने भनिएको समसानघाट निर्माणमा ३ लाख ६० हजार, ५ लाखमै निर्माण गर्ने भनिएको भवानिपुर टोलको सामुदायीक भवनमा ३ लाख ४२ हजार र १० लाखमा निर्माण गर्न भनिएको नासीको नाला निर्माणमा ९ लाख ४८ हजारको मात्र काम सम्पन्न भएको प्राविधिकको रिपोर्टले देखाएको छ ।
यस योजनामा ३ ओटा योजना उपभोक्ता समिति र ३ ओटा योजना कोटेशन अर्थात ठेक्का लागएर अगाडी बढाईएको हो । करिब ५३ लाखको योजना पाएको यस वडाले पुरै रकम बराबरको कम नगरेको तर पुरै भुक्तानि गर्न जीतपुरसिमरा उपमहानगरपालिकामा फाईल पेश गरेको छ ।
यता वडा नम्बर ५ का केहि स्थानियहरुले लागत अनुसारको काम नभएको समेत आरोप लगाएका छन् । उनिहरुले वडा अध्यक्ष चौधरीले उपभोक्ता समितीको नाममा सबैकाम ठेकेदारसंग गराएको समेत आरोप लगाएका छन् ।
यस वडामा मनोकामना कन्ट्रक्सन प्रा.लि., नवनिर्माण कन्ट्रक्सन प्रा.लि. र सापकोटा हाईड्रो एण्ड ईन्जिनियरिङ्गले काम गर्दै आएको छ ।
यता स्थानियहरुले छानबिन गरेर मात्र भुक्तानी दिन निवेदन गर्दा गराएपछि आईतवार भुक्तानी दिन भनि भएको मौखिक सहमतिमा पनि केहि विलम्ब हुने भएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस