आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कबाडी करको खारेजीको माग गर्दै जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघद्धारा ज्ञापन पत्र

AuthorAP Khabar २०७५ कार्तिक १४, बुधबार ( ५ साल अघि) ६४४ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १४ : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ बाराले जीतपुरसिमरा उपमहानगरपालिकालाई कबाडी कर उठाउने पक्रियालाई खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । बुधवार उपमहानगरपालिकाको कार्यालयमा पुगेका उद्योगहरुको समुहले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ बाराका अध्यक्ष संजय साहको नेतृत्वमा सो ज्ञापन पत्र बुझाएका हुन् ।
नगरपालिकाले कर उठाउने बाहानामा उद्योगीहरु माथी विभिन्न करहरु थपदै गएको र त्यही अनुसार हाल पालिकाले मनोमानि तरीकाले कबाडी कर उठाउदै आएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
ज्ञापन पत्र बुझाउने आएका विभिन्न उद्योगीहरुले स्थानिय तहले कबाडीको परिभाषा स्पष्ट नपारेकोले आफुहरु मारमा परेको गुनासो गरेका थिए । उनिहरुले कामनै नलाग्ने बस्तुमा भ्याटका साथै स्थानिय तहलाई कबाडी कर बुझाउदा आफुहरु दोहोरो मारमा परेको दुखेसो पोखेका हुन् ।
हाल नगरपालिकाले लगाएको कबाडी करको परिभाषा नमिलेको कारण ठेकेदारले आफुहरुसंग १ नम्बर माल बाहेक हरेकमा कबाडी कर उठाउदै आएको बताएका थिए ।
यता जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले कबाडी कर लिने ब्यवस्था स्थानिय सरकार संचालन ऐनमा उल्लेख भए बमोजिम यो कर लिएको जानकारी दिए । उहाँले स्थानिय सरकार संचालन ऐनको दफा ६१ बमोजीम यो कर लिने गरेको भएपनि स्थानिय तहले ब्यापारीलाई कुनै मार नपर्ने गरी पुनः छलफल गरेर बिचार गर्न तैयार रहेको बताए ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरसवती चौधरी, पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई,वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता लगाएत विभिन्न उद्योगका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योगवाणिज्य संघका शिवजी साहले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस