आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यूएई सरकारद्वारा आममाफी कार्यक्रम पुन: एक महिना थप

AuthorAP Khabar २०७५ कार्तिक १५, बिहिबार ( ५ साल अघि) ४२० पाठक संख्या

काठमाण्डौँ, कार्तिक १५  : यूएई सरकारले गत अगस्ट १ तारीखबाट सुरु गरेको आममाफी कार्यक्रम पुनः एक महिना थप गरेको छ । आबुधाबीस्थित नेपाली राजदूताबासले विज्ञप्ति जारी गर्दै युएईमा अवैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा वैधानिक बनेर बस्न थप भएको एक महिनाको समय सदुपयोग गर्न आग्रह गरेको छ ।
आममाफी कार्यक्रममा सहभागी केही देशका नागरिकको कागजात जारी गर्न र प्रक्रिया पूरा गर्न बाँकी रहेको भन्दै समयसीमा थप गर्न माग गरेसँगै युएई सरकारले एक महिनाको समय थपेको हो । आममाफी कार्यक्रम सकिएपछि अवैधानिक कामदार भेटिएमा कडा कारबाही गरिने युएई सरकारले जनाएको छ ।
सरकारले आममाफीमा सहभागी भएर वैधानिक बन्न चाहने कामदारलाई ६ महिनाको अस्थायी भिसा उपलब्ध गराई काम गर्न सक्ने जनाएको छ । आममाफीमा सहभागी भएर स्वदेश फर्कन चाहनेलाई समेत कुनै प्रतिबन्ध नलाग्ने र उनीहरु पुनः युएई जान चाहेमा आउन कुनै समस्या नपर्ने यूएई सरकारले यसअघि नै स्पष्ट पारिसकेको छ ।

 

e kantipur

प्रतिक्रिया दिनुहोस