आज:  २०८२ अषाढ ६, शुक्रबार | Fri, 20, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

जुवाको खालबाट बारामा २२ जना पक्राउ, पक्राउ पर्नेमा निजगढ, सिमरा र विरंगजका ब्यक्ति

AuthorAP Khabar २०७५ कार्तिक १५, बिहिबार ( ६ साल अघि) ८१९ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १५ : बाराको निजगढ नगरपािलका १ भरतगंज शिंगोलबाट प्रहरीले हिजो राती २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । केहि समय देखि शिंगोलमा ठुलो जुवाको खालमा संचालनमा रहेको सुचनाका आधारमा प्रहरीले छापामारी गर्दै खालबाट रंगेहात २२ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहर िकार्यलय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक रंजितसिहं राठोरले जानकारी दिनुभएको छ ।
उहाँले खालबाट अन्दाजी दुई लाख नगर समेत बरामत भएको जानकारी दिनुभएको छ । निजगढ प्रहरीको सक्रियतामा नियन्त्रणमा आउका जुवाडेहरुलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले जिल्ला ल्याउन गाडी पठाएको र मुद्धा दर्ता भयपश्चात थप जानकारी दिने प्रबक्ता राठोरले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेमा बाराका निजगढ, सिमरा र विरंगजका ब्यक्तिहरु रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस