आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकै खेतीबाट पिडित किसानलाई राहत बाड्दै नुजिवीडु सिड्स

AuthorAP Khabar२०७५ कार्तिक १६, शुक्रबार (५ साल अघि) ६३३ पाठक संख्या

AP डेस्क
जीतपु्र, कार्तिक १६ : नुजिवीडु सिड्स लि.ले मकैमा घोघा नलागेर खेतीको मारमा परेका आफ्ना उपभोक्ता किसानहरुलाई निशुल्क विउ वितरण गरेको छ । ०७४ सालमा मकै खेती गरेका किसानहरुको मकैको घोघामा दाना नलाग्न लाखैको क्षती बेहोर्नुपरेकोले केहि राहत स्वरुप त्यस वर्ष नुजिवीडु सिड्स लि. अन्तरगत रहेका मकैको बिउ लगाउने किसानहरुलाई निुशल्क बिउ वितरण गरीएको हो ।
कम्पनिले ०७४ सालमा नुजिवीडु सिड्स अन्तरगतको मकैको बिउ लगाउने किसानलाई त्यस वर्ष लगाएको बिउ बराबरको बिउ वितरण्चा गरीरहेको कम्पनिका सहायक एरीया म्यानेजर श्रीप्रसाद पलिखेलले जानकारी दिनुभएको छ । उहाँले हाल जीतपुरसिमरा उपमहानगरपालिका १४ मा रहेको बेहरी गाँउका २३ जना किसानलाई ४ क्वीनटल बिउ वितरण गरीएको जानकारी दिनुभयो ।
बारा, रौतहट र सर्लाही गरी यस कम्पनिले ३ सय ५० जना कृषकमा गरी करिब १६ टन बिउ निशुल्क वितरण गर्न लागको पलिखेलले बताउनुभएको छ । उहाँले किसानले मकैको बिउ लगाउँदा राखेको बिउको झोला र बिल समस्या भएकै बेला संकलन गरेर लगेको आधारमा हाल आफ्ना उपभोक्ता कृषकहरुलाई यो बिउ निशुल्क बितरण गरीरहेको बताउनुभयो । यस कम्पनिले अन्य कृषकहरुको हकमा यस वर्ष बिउ खरिद गर्दा १० प्रतिशत छुट समेत दिने ब्यवस्था मिलाएको छ ।
हाल यस कम्पनिले ड्रागन एन.एम.एच १२४७, बन्नी एन.एम.एच ७१३ र श्रेष्ठ एन.एम.एच ७३१ बिउ बजारमा ल्याएको कम्पनिका फिलड स्टाफ दिपक भट्टराईले जानकारी दिनुभयो । बिउ वितरण कार्याक्रममा पलिखेलले माटाको परिक्षण गराएर माटो अनुसारको खेती गर्न र सक्दो रसायनिक मलको प्रयोग नगर्न सबै किसानहरुलाई सल्लाह दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस