आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय परिचयपत्र छपाईको काम विहीबारबाट सुरु

AuthorAP Khabar २०७५ कार्तिक १६, शुक्रबार ( ५ साल अघि) ५३४ पाठक संख्या

काठमाडौँ, कात्तिक १६ : हरेक नेपालीको जैविक तथा व्यक्तिगत विवरणलाई सुरक्षितरुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र छपाईको काम विहीबारबाट सुरु भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विहीबारदेखि परिचयपत्र छपाईको काम सुरु भएको जानकारी दिनुभयो । जैविक र व्यक्तिगत विवरण तथा देखिन सकिने र नदेखिन सकिने सुरक्षण चिह्न सहितको राष्ट्रिय परिचयपत्रको नमूना पहिलोपटक छापिएको उहाँले बताउनुभयो ।
नमूनाको रुपमा छाएिको परिचयपत्र सबै किसिमले चुस्तदुरुस्त देखिएमा परिचयपत्र छपाईको कामलाई अगाडि बढाइने उहाँले बताउनुभयो । चुस्तदुरुस्त नदेखिएको अवस्थामा परिचयपत्रमा आवश्यक सुधार गरी छपाईको कामलाई अगाडि बढाइने छ ।
नेपाली नागरिकताको प्रमाणपत्रका कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउने उद्देश्यसहित नेपाल सरकारको आर्थिक वर्ष २०६६÷६७ को वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचय–पत्र (वायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो । त्यसपछि, मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रुपमा राष्ट्रिय राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रको स्थापना भएको गोरखापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस