आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश नम्बर २ मा पनि नेकपाको सरकार बन्न सक्ने नेता नेपालको संकेत

AuthorAP Khabar २०७५ कार्तिक १६, शुक्रबार ( ५ साल अघि) ८७० पाठक संख्या

AP डेस्क
जीतपुर,कार्तिक १६  : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रदेश नम्बर २ मा पनि नेकपाको सरकार विस्तारै बन्ने संकेत गर्नुभएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ४ ख द्वारा आयोजित बृहत कार्यकर्ता भेला तथा शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ७ प्रदेश मध्ये ६ ओटा प्रदेशमा नेकपाले जितेको र प्रदेश नम्बर २ मा पनि नेकपा बहुमतमा रहेकोले यस प्रदेशमा पनि विस्तारै नेकपाकै सरकार बन्ने संकेत गर्नुभएको हो ।
उहाँले नेकपाको पहिलो जिमेवारी देश विकास, जनताको सेवा, देशको परिवर्तनका साथै गाँउको सम्रग विकास गर्ने रहेको बताउदै प्रदेश नम्बर २ मा पनि नेकपाले राम्रा राम्रा परियोजनालाई अगाडी बढाएको कुरा जानकारी गराउनुभएको थियो ।
पुर्व प्रधानमन्त्रि समेत रहनुभएका नेता नेपालले आफु प्रधानमन्त्रि भएकै समयमा मधेशमा हुलाकी सडकको सम्झैता भएको बताउनुभएको हो । उहाँले नेकपालाई मधेश विरोधी भन्नेहरुलाई २०१५ सालमा एमालेको तर्फबाट जित्ने मधेशी नेताको नाम सोधन जनताहरुलाई आग्रह गर्दै शेख फरमान, हरिदयाल महतो जस्ता नेताहले त्यस बेला मधेशबाट जितेर जनताको प्रतिनिधीत्व गरेको जानकारी गराउनुभएको थियो ।
नेता नेपालले १ सय ३६ जातजाती र एक सय २३ भाषाभाषी रहेको यस देशका जनतालाई आफु नेपाली हुनुमा गर्व गर्न आग्रह समेत गर्नुभएको थियो ।
धर्मदेव यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, दिनेश राई, बलबिर चौधरी, पुर्व मन्त्रि पुरुषोतम पौडेल, स्थानिय युवा नेता उमेश कुश्वाहा लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
लवकुश बैठाले सहजिकरण गर्नुभएको कार्यक्रममा अमर यादबले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस