आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सहकारीले महिलाको नेतृत्वस“गै आर्थीक विकासका लागि काम गरेको छ : सांसद साह

AuthorAP Khabar २०७५ कार्तिक १६, शुक्रबार ( ५ साल अघि) ६४१ पाठक संख्या

AP संवादाता
मनहर्वा, कार्तिक १६ : जितपुरसिमरा उपमहानगरपालिका १२ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड फत्तेपुर बाराको १७ औं बार्षिकसाधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाको प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले उद्घाटन गर्नु भयो । प्रमुख अतिथि समेत रहनु भएकी सभासद साहले सहकारीले महिलाको नेतृत्वस“गै आर्थीक विकासका लागि काम गरेको बताउनु भयो । सरकारले सहकारी ,नीजि र सरकारी क्षेत्रलाई देशको आर्थिक मेरुदण्ड घोषणा गरी सोही अनुसार विकास गर्न चाहेको बताउनु भयो ।
कार्यक्रमका सहभागी साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले सहकारी अभियानले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । सहनीले जिल्ला कृषि सहकारी संघले आवद्ध सदस्य संस्थाहरुलाई कृषि उत्पादन वृद्धिका क्षेत्रमा आफ्नो लागानी बढाउन प्रोत्साहीत गर्दै आएको जानकारी दिनु भयो ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका ११ का वडा अध्यक्ष विनोद प्रसाद यादव, नेपाल राष्टिय उच्च माध्यमिक विद्यालय फत्तेपुरका प्रधानअध्यापक जयप्रकाश राय, साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिराकी अध्यक्ष संजिला खातुन, भोडहाका विन्दा सिंह, तेतरियाका संचालक जलोधर चौधरी, मनहर्वाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा, सपही कोल्हबीका प्रबन्धक अरुण प्रसाद चौधरी लगायतको सहभागीता रहेको थियो । त्यस्तै गरी स्थानिय समाजसेवी जनप्रतिनीधि,महिला प्रतिनीहरुको उल्लेखिय सहभागीता रहेको थियो ।
संस्थाले सभाको अवसरमा संस्थाका जेष्ठनागरिक महिला, अपाङ्ग, एसइइ परिक्षामा सहभागी भई उत्कृष्ठ अंक सहित उतिर्ण छात्रछात्रालाई नगद सहित सम्मान गरेको छ । उनीहरुलाई प्रमुख अतिथि सांसद ज्वाला कुमारी साह तथा संस्थाका अध्यक्ष कन्हायीलाल थारुले दोसल्ला ओडाएर सम्मान गर्नू भएको हो ।
१ हजार ८ सय १८ सदस्य रहेको संस्थाले १७ करोड २६ लाखको कारोबार गरी ५६ लाख २२ मुनाफा गरेको छ । मुनाफाको रकमबाट संस्थाले सदस्यहरुलाई लाभाशं वितरण गर्ने निर्णय समेत गरेको छ।
सभामा अध्यक्ष थारुले प्रस्तुत गर्नू भएको संस्थागत प्रतिवेदन, लेखा समिति स्ांयोजक शुसिला देवी चौधरीले प्रस्तुत गर्नु भएको लेखापरिक्षण प्रतिवेदन तथा संस्थाकी मूख्य प्रबन्धक कविता कुमारी बस्नेतले प्रस्तुत गर्नु भएको बार्षिक प्रगती तथा आगमी बर्षको बजेट तथा कार्यक्रम सुझाव सहित पारित गरेको छ ।
सभा संस्थाका अध्यक्ष थारुको अध्यक्षता स्वागत संचालक सुमिन्त्रादेवी थरुइनको स्वागत तथा सहायक प्रबन्धक मन्दीप दुवाडीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस