आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिम्रौनगढ नगरपालिकामा व्यापक भ्रष्टाचार

AuthorAP Khabar २०७५ कार्तिक १६, शुक्रबार ( ५ साल अघि) ६५६ पाठक संख्या

AP संवादाता

सिम्रौनगढ,कार्तिक १६ : बाराको सिम्रौनगढ नगरपालिमा व्यापक भ्रष्टाचारी भएको स्थानियहरुले अारोप लगाएका छन् । भ्रष्टाचार विरोधी अभियान सिम्रौनगढका संयोजक श्याम किशोर प्रसाद यादवले पत्रकार सम्मेलनको अायोजना गरी यस नगरपालिकामा भ्रष्टाचार भएको अारोप लगाएका हु्न् 

नगरपालिकाका नगर प्रमुख बिजय शंकर यादवले आफ्नो आसेपासे कार्यकार्ताहरुलाई नै उपभोक्ता समितिमा राखि नगरपालिकाको बजेट सिध्याउने गरेको आरोप स्थानियहरुको छ । उनिहरुले वडा नम्बर ४ मा सबै भन्दा बढी भ्रष्टाचार भएको समेत जानकारी गराएका छन् ।

नगरपालिका भित्र रहेका विकास निर्माणका सम्पूर्ण योजनाहरूको वडामा स्थलगत अनुगमन गरेर हेर्दा अधिकांश योजनामा विनियोजन गरेकोे रकम अनुसार काम नभएको बारे रमेश कुमार कुशवाहाले जानकारी दिएका हुन् । उनले काम नै नगरी  विनियोजन गरेको रकम निकासा गरेको समेत नगरपालिकामा देखिएको बताए ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख यादव तथा केहि कर्मचारीहरुको मिलोमता काम नभएको योजनाहरुको समेत विनियोजन गरेको रकम निकासा भएको दावी गरे । नगरपालिकामा आफूहरुले यस बारेमा पटक पटक जनाकारी गराउदा पनि नगरपालिकाले कुनै पनि चासो नलिएको बारे गगनदेव प्रसाद कुशवाहाले जानकारी दिए । 

पत्रकार सम्मेलनमा गगनदेव प्रसाद कुशवाहा, नेकपाका रामबावु यादव , ईस्लाम अंसारी , नवल किशोर ठाकुर जानकी मुखिया, सुरेश लाल कुशवाहा लगायत सयौ जनको उपस्थिती रहेको थियो । भ्रष्टाचार विरोधी अभियान सिम्रौनगढका कार्यक्रमको संचालन भोजेन्द्र प्रसाद यादवले गरेका थिए । भने कार्यक्रममा स्वागत मन्तव्य महेन्द्र प्रसाद जैसवालले गरेका थिए ।

नगरपालिकाको कुल बजेट ४५ करोड मध्येको करिब ५० प्रतिशत योजनामा नगर प्रमुख यादवले आफ्ना निकट व्यक्तिहरुलाई उपभोक्ता समिति बनाई काम गराएको हो  । उपभोक्ता समिति बनाउदा स्थानीय बासीहरुलाई बिना जानकारी दिई उपभोक्ता समिति गठन गरेको कुरा सुनाए ।  

विभिन्न शिर्षकमा बजेट विभियोजन गरेको मध्ये कबिर ८० वटा योजना तथा कार्यक्रमको नाम नै तोकी उजुरी दिएका छन् । साथै अधिकांश योजनामा कमसल काम भएको , काम नै नगरी बजेट निकाशा गरीएको , साथै अधुरो काम गरेर पनि पुरै रकम निकाशा गरीएको पत्रकार सम्मेलनमा जानकारी दिए । 

यस बारेमा विभिन्न प्रमाणका कागजात सहित प्रधानमन्त्री तथा मन्त्री परिषदेको कार्यालय , अख्तियार दुरुपयोग अनुसंधान आयोग , संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकारको सचिवालय , राष्ट्रिय सतर्कता केन्द्र तथा जिल्ला प्रशासन कार्यालय बारा लगायत अन्य विभिन्न सरोकारवाला कार्यालयमा उजुरी दिएका समेत जनाए ।

प्रतिक्रिया दिनुहोस