आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विकास निर्माण्मा भैरहेको लापारवाहिमा युवाको चासो जान जरुरी

AuthorAP Khabar २०७५ कार्तिक १७, शनिबार ( ५ साल अघि) ६१५ पाठक संख्या

AP डेस्क
जीतपुर,कार्तिक १७ : जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरीले जीतपुरमा भैरहेको विकास निर्माणको कार्यमा युवाहरुको चासो जान जरुरी रहेको बताउनुभएको छ । जन जागृति युवा क्लब जीतपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै उहाँले जनताको प्रतिनिधीले जनचाहना अनुसार काम गनुपर्ने भएपनि यस त्यस्तो नभएको बताउदै विकास निर्माणमा भैरहेको लापारवाहिमा युवाहरुको चासो जान जरुरी रहेको बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नगर उपप्रमुख चौधरीले आफु सधैँ युवा र विकासको पक्षमा रहेकाmे भएपनि केहि अराजक तत्वले विकासको काम गर्न रोक्न खोजेपनि आफु चुपलागेर नबस्ने जानकारी गराउनुभएको हो ।
उहाँले हाल वडा कार्यलयहरुले आफ्नो पार्टिबाहेक अन्य पार्टिका काम नगर्ने, जनतालाई दुःख दिने प्रबृति केहि वडाहरुमा हाबी भएको बताउदै जायज काम वडा अध्यक्षले गर्ननमाने त्यसको सिफारीस नगरपालिकले गर्ने निर्णय गर्न आफुले बोर्ड बैठकमा प्रस्ताव लाग्न खोजेको जानकारी गराउनुभएको छ ।
यसे कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता देवनारायण चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा प्रमुख प्रतिपक्षको भुमिकामा रहेको नेकपाले त्यस अनुसारको भुमिका निर्वाह नगरेको बताउदै यस वडामा विकासको बजेटमा भएको लापारवाहिको भन्डा फोर गर्न नेकपाका युवाहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य विद्या महर्जनले वडा नम्बर ७ का वडा अध्यक्ष गत वर्षको बजेठको ६० लाख रुपैया लुकाउन नगरपालिकाको बजेटबाट निर्माण गरेको कामहरुको पर्चा बड्दै हिडेको आरोप लगाउनुभएको छ ।
कार्यक्रममा स्थानिय समाजसेवि राजुराज गिरीले यस वडाका वडा अध्यक्षले आफुलाई राजा सम्झेको तर उहाँ जनताको नोकर भएको बताउनुभयो । उहाँले हाल यस वडामा विकासको नाममा चरम भ्रष्टाचार भएको बताउदै यसलाई लिएर आफुहरु अख्तीयार सम्म जाने तैयारी गरीरहेको जानकारी गराउनुभएको थियो । साथै उहाँले युवाहरुलाई भ्रष्टचार विरुध लाग्न अनुरोध गर्दै त्यस कार्यमा आफुपनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
क्लबका अध्यक्ष श्रीराम साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका वडा अध्यक्ष सिता उप्रेती, युवा संघ नेपालका वडा अध्यक्ष सुनिल गुप्ता, शिवगौरी बचत तथा ऋण सहकारीका अध्यक्ष अनिल गुप्ता लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
देवि सापकोटाको सहजीकरणमा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ अध्यक्ष कृष्णप्रसाद गुप्ताले सवागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस