आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साना किसान हरैया बाराको ११औं बार्षिक साधारणसभा सम्पन्न

AuthorAP Khabar २०७५ कार्तिक १८, आईतबार ( ५ साल अघि) ५१८ पाठक संख्या

AP संवादाता
मनहर्वा, कार्तिक १८ : साना किसान कृषि सहकारी संस्था लिमिटेड हरैया बाराको ११औं बार्षिक साधारणसभा आईतबार मधुबनमा सम्पन्न भएको छ । सभाको करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेस्वर धामीले उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथी समेत रहनु भएका धामीले सहकारी एकताको प्रतीक भएको बताउनु भयो । समजसेवा ,सामाजिक तथा आर्थीक विकासको बलियो माध्यम सहकारी भएको बताउँदै धामीले सहकारीको स्थाईत्वका लागि आफुहरु गम्भिर रहेको बताउनु भयो ।
त्यस्तै साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले सहकारी समृद्धिको माध्यम रहेको बताउनु भयो । अध्यक्ष सहनीले सहकारीहरु शहरसँगै ग्रामिण क्षेत्रमा अर्थतन्त्रलाई चलायामन बनाउन बलियो आधार बनेको बताउनु भयो ।
सभामा नेपाल सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संस्था लिमिटेड भोडहाका अध्यक्ष बिन्दा सिंह,ईनर्वासिराकी संजीला खातुन, समाजसेवी भुलावन चौधरी, हरैया संस्थाका उपाध्यक्ष रामएकवाल चौधरी लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
६ सय ६० महिला सहित ७ सय ४२ जना सदस्य रहेकोको संस्थाले गतबर्षमा गरेको कुल ५करोड ५० लाख ३९ हजारको कारोबारबाट १४ लाख ३२ हजार मुनाफा गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष रामलखन चौधरीको अध्यक्षता एवं प्रबन्धक भुपेन्द्र प्रसाद चौधरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस