आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साना किसान सपहीमा नयाँ कार्यसमिती

AuthorAP Khabar २०७५ कार्तिक १८, आईतबार ( ५ साल अघि) ८०० पाठक संख्या

AP संवादाता
मनहर्वा, कार्तिक १८ : साना किसान कृषि सहकारी संस्था लिमिटेड कोल्हबी नगरपालिका ४ सपहीको छैठौं बार्षिक साधारणसभाबाट ४बर्षका लागि नयाँ संचालक समिति निर्वाचित भएको छ ।
गत विहिबार सपहीमा सम्पन्न संस्थाको बार्षिकसभाले सहमती प्रकृयाबाट अस्तुर्नी देवी चौधरीको अध्यक्षतामा ९ सदस्य संचालक समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा गीता चौधरी, कोषाध्यक्षमा लक्ष्मी चौधरी रहेका छन् । त्यस्तै संचालक समिति सदस्यहरुमा हरिमाया तामाङ्ग ,नैना चौधरी ,चमेली देवी चौधरी ,सुनिला चौधरी ,सीता चौधरी, शान्ता सुवेदी चयन भएका छन् ।
त्यस्तै गरी सभाले चन्द्र कुमारी कार्कीको संयोजकत्वमा तीन सदस्य लेखा शुपरिवेक्षण समिति समेत गठन गरेको छ । जस्को सदस्यहरुमा सुनीता तामाङ्ग र पुनम चौधरीलाई चयन गरेको छ । संस्थाको नयाँ कार्यसमिति तथा लेखा समिति पद्यादिकारीहरुलाई कोल्हबी नगरपालिकाकी उपमेयर सुनैना चौधरी तथा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले पद तथा गोपनियताको शपत गराउनु भएको थियो ।
सभा कोल्हबी नगरपालिकाका अध्यक्ष भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यता, संस्थाकी पूर्व अध्यक्ष चंचला चौधरीको अध्यक्षता एवं प्रबन्धक अरुण चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस