आज:  २०८१ चैत्र ११, मंगलबार | Tue, 25, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेस संगठन नेपालद्धारा विरगंजमा शुभकामना कार्यक्रमको आयोजना

AuthorAP Khabar २०७५ कार्तिक १९, सोमबार ( ६ साल अघि) ५७१ पाठक संख्या

AP संवादाता
वीरगन्ज, कार्तिक १९ : प्रेस संगठन नेपाल पर्साको आयोजना शुभ दिपावली, तिहार, नेपाल सम्बत ११३९ र छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम सोमबार सप्पन्न भएको छ ।
वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बक्ताहरुले सुख शान्ति र समृद्धिको कामना गरेका थिए । प्रेस संगठन पर्सा अनुप तिवारीको अध्यक्षता भएको कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, प्रतिनिधि सभा सदस्य शेख चान्द तारा, प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, नेकपा नेताहरु छोटेलाल यादव, प्रभु हजरा, रहबर अन्सारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बन्जारा, पत्रकार महेश दास, बृजलाल पासवान लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण प्रेस संगठन पर्साका निरज पिठाकोटेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस