आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोस्रो अन्तराष्ट्रिय विमान स्थलको बारोमा नेकपाका वरिष्ठ नेता नेपालको यस्तो अयो प्रतिकिृया

AuthorAP Khabar २०७५ कार्तिक २०, मंगलबार ( ५ साल अघि) ८२५ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बारामा दोश्रो अन्तराष्ट्रिय विमानस्थल बन्ने आधार प्रशस्त भएको बताउनुभएको छ । बाराको सिमरा विमान स्थलमा पत्रकारहरुसंगको कुराकानिमा उहाँले दोश्रो अन्तराष्ट्रिय बिमानस्थलको बिरुधमा विभिन्न चलखेल भैरहेको भए पनि दोश्रो अन्तराष्ट्रिय विमानस्थल निमार्णको बारा बाहेक अरु बिकल्प नरहेको नेता नेपालले बताउनु भएको हो ।
कार्तिक १९ गते विमान स्थलको अवलोकनको क्रममा देखिएको सम्भाावनका बारेमा नेता नेपालले बारामा विमानस्थल बन्ने आधार प्रशस्त रहेको बताउदै उहाँले निजगढमै अन्तराष्ट्रिय विमानस्थल बन्नेमा ढुक्क रहन स्थानीयलाई आग्रह समेत गर्नुभयो ।
‘फाष्ट ट्र्याक निमार्ण पछि निजगढ अन्तराष्ट्रिय विमानस्थलबाट राजधानीको दूरी जम्मा एक घण्टाको मात्र हुने छ,’ संसदको अन्तरराष्ट्रिय सम्बन्ध समिति संयोजकसमेत रहनुभएका नेता नेपालले, ‘फाष्ट ट्र्याकसमेत जोडिएको यस निजगढमा विमानस्थलको अन्य विकल्प नरहेको बताउनुभयो ।’
नेपालले विमानस्थल निर्माणका लागि कति रुख काट्ने भन्ने विषयमा धेरै अध्ययन जरुरी रहेको बताउँदै जंगल राखेर पनि विमानस्थल निर्माण हुनसक्ने बताउनु भयो । निजगढ विमानस्थल आसपास शहर बनाउने प्रस्ताव कुनै हालतमा सफल नहुने बताउँदै नेता नेपालले हवाई मैदानका ठाउँमा शहर बनाउने विषय उठान नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले हाल निर्माण हुन लागेको ४ लेनको फाष्ट ट्र्याक निमार्णलाई ८ लेनमा नलगे भविष्यमा समस्या पर्ने भएकोले त्यसमा पुनर विमाचार गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस