आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिकाबाट यस कारण खुसि भयो ट्राफिक प्रहरी कार्यालय बारा

AuthorAP Khabar २०७५ कार्तिक २०, मंगलबार ( ५ साल अघि) ६४६ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २० : जीतपुरसिमरा उपमहानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय बारालाई ट्राफिक ब्यवस्थापन गर्ने विभिन्न समाग्री हस्तान्तरण गरेको छ । मंगलबार नगरपालिका आयोजित एक कार्यक्रमका बिच नगरपालिकाले जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरिक्षक विकास बमलाई सो समाग्री हस्तान्तरण गरेको हो ।
नगरपालिकाले ९ थान ह्वीललकर, २ थान ब्रेथलाईजरका साथै ट्राफिक प्रहरीलाई आवश्यक पर्ने माक्स, चस्मा लगाएत पर्चा पम्पलेटहरु गरी करिब १ लाख २५ हजार मुल्य बराबरको समाग्री ट्राफिक कार्यालय बारालाई सहयोग गरेको ट्राफिक प्रहरी निरिक्षक बमले जानकारी दिनुभएको छ ।
उहाँले पछिलो समय यस नगरपालीकामा बढ्दै गएको सवारी साधन र प्रदुषणका कारण ट्रफिक प्रहरी ब्यवस्थापन गर्न भैरहेको समस्यालाई समाधान गर्न यस कार्यले महत्वपुर्ण सहयोग पुग्ने विश्वास जोहर गनुर््भएको छ ।
हस्तान्तरण कार्यक्रममा जिपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पोडेल, उपप्रमुख सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई, शसस्त्र औद्योगीक गुल्म प्रहरी नयब उपरिक्षक गौतमराज कुवर, वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरिक्षक सुवास हमाल लागाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस