आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

मधेशमा भैया दुज, दिदीबहिनीले गरे दाजुभाईको लामो अायुको कामना ।

AuthorAP Khabar २०७५ कार्तिक २३, शुक्रबार ( ६ साल अघि) ८८४ पाठक संख्या

AP डेस्क

जीतपुर, कार्तिक २३ : धार्मिक परम्परा अनुसार प्राचीन काल देखि नैं चल्दै आएको भैयादुजत्योहार शुक्रवार तराई मधेशका दिदी–बहिनीले आफ्ना दाजु–भाईहरुको दिर्घायुको कामना गर्दै मनाएका छन् । नेपालमा पहाडी समुदायमामनाइँने भाइ टिका जस्तै मधेशी समुदायका दिदी–बहिनीहरुले दाजु–भाईहरुको लामो दिर्घायुको कामना गर्दै आज यो पर्व मनाएका हुन् ।

तराई मधेशको बिभिन्न जिल्लाको गाउँ–शहरमा दिदी–बहिनी तथादाजुभाईहरुको प्रेम एवंम् स्नेह यथावत राख्नका लागि भगवान गोवद्र्धनको पुजाको भोली पल्ट शुक्रवार बिहान पनि बिधिवत पूजा अर्चना गरि यो त्योहार मनाउने चलन रहेको छ ।

दिदी–बहिनी र दाजु–भाईहरुको प्रेम तथा कुशल जीवनको कामनासँगजोडिएको यो त्योहारमा दिदी–बहिनीहरुले पहिले त भगवान गोवद्र्धन समक्षश्राप दिएर आफ्ना दाजु–भाईहरुको सबै दु ः ख र कष्ट मुक्त गर्दै उनीहरुको लामो दिर्घायूको कामना गर्दछन् ।

सोहि परम्परालाइ कायम राख्दै शुक्रवार बिहान पाँच बजेको समयमा मध्यतराई मधेशको बिभिन्न शहर देखि गाउँ–घरमा मधेशी समुदायका महिला तथायुवतीहरुले सामुहिँक रुपमा बिभिन्न स्थानमा जम्मा भई भगवान गोवद्र्धनको पुजा–अर्चना सँगै पारम्परिक गीत समेत गाउँने गर्दछन ।

यस दिन दिदी–बहिनीहरुले रेंङ्गनीको काँडाले आफ्ना जिब्रामा घोचेर आफ्ना दाजु–भाईलाई श्राप दिएर पुन ः श्रापमुक्त गर्दछन् । प्राचीन कालदेखी नैं चलिआएको धार्मिक परम्परा अनुसार महिलाहरुले गोवद्र्धन पूजागरेर हिन्दु धर्ममा हुँने बिवाह र अन्य मांङ्गलिक कार्यहरु आजैबाट सुरु भएकोले गीत समेत गाउँने गर्दछन् । यो पर्व हिन्दु धर्मवालम्बीहरुको लागी निकै नैं महत्वपुर्ण मानिएको बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित पहाडीटोलकी स्थानिय लक्ष्मीदेवीको भनाई छ ।

गोबर्धन पूजा पश्चात दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई सारो केराउलाई बजड्ीको रुपमा र मिठाई खुवाएर दाजु–भाईहरुको शक्ती तथा छाती बजड्ी झैं सारो तथा बलियो रहोस् भन्ने लामो आयूको आशिर्वाद दिने गर्दछन् ।

यसै धारणालाई रिती–रिवाजको पालना गर्दै बारा लगाएत मध्ये तराईकासबै जिल्लाहरुमा दिदी–बहिनीहरुले आ–आफ्ना दाजु–भाईलाई आशिसको रुपमा बजड्ी र लड्डु खुवाएर उनिहरुको लामो दिर्घायूको कामना सहिँत आशिस दिएका छिन् । आजैको दिन पहाडी समुदायमा दिदी–बहिनीहरुले आ आफ्ना दाजुभाईहरुलाई टिका लगाएर लामो आयूको आशिर्वाद दिने गर्दछन् । गोबर्धन पूजासँगै शुक्रवार देखि छठ पर्व बिधिवत रुपमा सुरु भएकोले बिहानैं देखी गाउँ–घरमा गीतको गुंजन समेत सुनिएको छ ।

प्रतिक्रिया दिनुहोस