आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुधौरा रिभर पार्क निर्माण गर्न कार्तिक ३० देखि दुधौरामा “बारा महोत्सव”

AuthorAP Khabar २०७५ कार्तिक २५, आईतबार ( ५ साल अघि) ११६२ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २५ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा नदिको छेउमा पार्क निर्माण गर्ने उद्धेश्य सहित कार्तिक ३० गते देखि हुने बारा महोत्सव २०७५ को सबै तैयारी पुरा भएको आयोजकले जनाएको छ । आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एस फाउण्डेशन आफ् नेपालले कार्तिक ३० गतेदेखि मंसिर १० गतेसम्म आयोजना हुने “बारा महोत्सव” को सम्पुर्ण तैयारी पुरा भएको जनाएको छ ।
“कृषि, पर्यटन र उद्योग बाराको पहिचान, दुधौरा रिभर पार्क निर्माण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गर्न लागिएको यस महोत्सवमा कृषि उत्पादनको बजारीकरण तथा प्रबर्धन, पर्यटन प्रवर्धन, औद्योगीक उत्पादनको प्रदर्शनी, दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारद्धारा सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहने आयोजकएस फाउण्डेशन आफ् नेपाल बााराका अध्यक्ष बेद भट्टले जानकारी दिनुभएको छ ।
एक सय ६ स्टल रहेको यस महोत्सवमा करिब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा आयोजकले जीतपुरसिमरा उपमहानगरपालिकासंगको सहकार्यमा गर्न लागेको यस महोत्सवबाट हुने आम्दानीको ५० प्रतिशत रकम दुधौरा रिभर पार्क निर्माण गर्न पालिकालाई सहयोग गर्ने आयोजक सार्वजनिक गरेको छ ।
कार्यक्रमको मुख्य आकर्षण
घोड सवारीलाई मुख्य आकर्षणको बनाएको यस महोत्सवमा स्थानिय स्तरमा रहेका विभिन्न भाषा भाषिहरुको सांस्कृतीक कार्यक्रमका साथै यस जिल्लालाई पर्यटकिय स्थलको रुपमा चिनाउने सिम्रोनगढ, गढिमाई, कंकालिमाई, बारागढि, कामिनी दह, पर्सा राष्ट्रि निकुञ्ज भित्र रहेको विभिन्न रमनिण स्थलहरु भिडियोहरुलाई प्रसतुत गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
यसका साथै महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय स्तरका कलाकारहरुको सहभभागिता रहने छ । यस बारा महोत्सव २०७५ मा राष्ट्रिय स्तरका कलाकार शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के.सि., दिपक लिम्बु, मिलन लामा, टिका प्रसाई, प्रिति आले, प्रकाु सपुत, हास्यकलाकार दिनेश काफ्ले, नेपाल आईडलका निशान भट्राई, प्रताप दास, सुनिल पण्डित लगाएत ३० जना भन्दा बढि कलाकारहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस