AP संवादाता
धरान, कार्तिक २५
सुनसरी र उदयपुरको सिमामा रहेको कोशी पुल नजिकै ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् । पिकनिक खाएर फर्कने क्रममा ओभरलोडका कारण ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चतरामा पिकनिक खाएर फर्कने क्रममा सो दुर्घटना भएको हो । दुर्घटनामा उदयपुर बेलका नगरपालिकाका १९ वर्षिय विनिता चौधरी, २० वर्षिय ईन्द्र चौधरी र दिपिका चौधरीको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
३५ जना सवार ट्याक्टरमा ३ जनाको मृत्यु भएको छ भने ३२ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस