आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आर्थिक अभावले पर्वमा दुःखी हुन नदिन घरघरमा आवश्यक सामाग्री पु¥याउदै : सांसद यादव

AuthorAP Khabar २०७५ कार्तिक २६, सोमबार ( ५ साल अघि) ४७८ पाठक संख्या

तिवारी यादब
वीरगंज, कार्तिक २५ : पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले गरिब,असाहय,एकल महिला र दलितको दुःख सुखमा सहयात्रीको रुपमा साथ दिएर गरिब,विप्पन जनताका नेता भनेर परिचय बनाई सकेका नेताको रुपमा स्थापित भईसकेका छन ।
चुनावको बेला मात्र भोटको स्वार्थको लागि मात्र जनताको घर आंगनमा मुहार देखाउने नेताहरु चुनाव जितेपछि फर्केर पनि जनताको दुःख सुख बुझन समेत आउदैनन तर सांसद यादव काम विशेष बाहेक काठमाडौ मात्र केन्द्रित नभई प्राय जनताको घर आंगनमै भेटिन्छन ।
कसैको दुःख परेको खबर सुन्ने घरघरमा पुग्ने सांसद यादव अहिले हिन्दुहरुमहान पर्व छठमा आर्थिक अभावमा कसैले क्रण काढन नपरोस र सबैले एक सामान खुशीयाली मनाउन भनेर छठ पर्वमा साडी,पिठो लगायतका सामाग्री वितरण गर्नमा व्यस्त छन ।
यसैगरि आईतवार पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले आफनो संसदिय निर्वाचन क्षेत्रमा पर्ने वीरगंज महानगरपालिकाको वडा नंबर ३१ बेल्वा ,लक्ष्मीपुर ,भेडिहारी ,कटगेनवा,कोन्हिया लगायतका ठाउमा आज साडी र गहुको पिठो वितरण गर्नुभएको छ । रुगटा वेल फेयर सोसाईटीको सहयोगमा सांसद यादवले सो वडाका २ सय ५० जना दलित ,असहाय एकल महिला र गरिब परिवारका महिलाहरुलाई साडी र पिठो वितरण गर्नुभएको हो ।
रुंगटा वेल फेयर सोसाईटीका कोषध्यक्ष सुरेश रुगटाले सांसद यादवको विशेष पहलमा साडी वितरण गर्ने कार्य सुरु गरेको भन्दै यसलाई निरन्तरता दिने वचनवद्धता व्यक्त गरे । रुङ्गटा ग्रुप अफ कम्पनी का कार्यक्रारी निर्देशक समेत रहेका सुरेश रुङ्गटा सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।
सो सामाग्री वितरण कार्यक्रममा बोल्दै सांसद यादवले नेपालीहरुको महान एवं पवित्र पर्व छठलाई लक्षित गरी संस्थाद्धारा ब्रतालुहरुलाई साडी एवं पूजा सामग्री वितरण गरिने कार्य प्रशंसनीय रहेको बताए । शुद्धतालाई विशेष ध्यान दिइने छठ पर्वको अवसरमा आर्थिक रुपले विपन्न परिवारका ब्रतालुहरुलाई साडी तथा पूजा सामग्री वितरणको कार्य सराहनीय रहेको भन्दै सांसद यादवले आगामी वर्षहरुमा समेत यसलाई निरन्तरा दिन आग्रह गरेका छन् ।

साडी तथा पिठो वितरण कार्यक्रममा सोसाईटीका कोषाध्यक्ष सुरेश रुगटा, प्रदेशसभा सदस्य जन्नत अंसारी , संघिय सामाजबादी फोरम नेपाल पर्साका सह ईन्चार्ज रामनरेश यादव , जिल्ला सदस्य तवरेज अहमद ,सांसद यादवका प्रतिनिध घनश्याम गुप्ता, सहयोगी संदिप यादव , सांसद यादवका स्वकिय सचिव निखिल बर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस