आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतद्वारा वेष्ट इन्डिजविरुद्धको टि–ट्वान्टी सिरिज क्लिन स्विप

AuthorAP Khabar २०७५ कार्तिक २६, सोमबार ( ५ साल अघि) ५१० पाठक संख्या

काठमाडौं, कार्तिक २६ : भारतले वेष्ट इन्डिजसँगको ३ खेलको टि–ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप गरेको छ । आइतबार राति सम्पन्न अन्तिम तथा तेस्रो खेलमा भारतले वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गरेसँगै सबै खेलमा जित हात पार्दै भारतले सिरिज जितेको हो ।
चेन्नाईमा भएको खेलमा घरेलु टिम भारतले जित निकाल्नका लागि अन्तिम बलसम्म कुर्न परेको थियो । १८२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले पुरै ओभर खेलेर ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । भारतका लागि ओपनर शिखर धवनले ९२ रन बनाए । उनले ६२ बलको सामना गर्दै १० चौका र २ छक्का प्रहार गर्दै उक्त रन बनाएका थिए । त्यस्तै, भारतलाई जित दिलाउन रिषभ पन्तले पनि शानदार प्रदर्शन गरे । उनले मात्र ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजका किमो पाउलले २ विकेट लिए ।
यता, टस जितेर पहिले ब्याटिङ गरेको वेष्टद इन्डिजले निर्धा्रित २० ओभरमा ३ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि निकोलस पुरनले विष्फोटक ब्याटिङ गरेका थिए । उनले मात्र २५ बलमा ५३ रन बनाएका थिए । उनले ४ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै ड्यारेन ब्राभोले ४३ रन बनाएका थिए । (अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस