आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाद्धारा बेहरामा सरसफाई

AuthorAP Khabar २०७५ कार्तिक २७, मंगलबार ( ६ साल अघि) ४९० पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २७ : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० नेकपा वडा कमिटिले मंगलबार बेहरा गाँउमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । छठ पर्वमा ब्रतालुहरुलाई छठ घाट सम्म पुग्न अप्ठ्यारो नहोस भन्ने उद्धेश्यका साथ नेकपा वडा कमिटिले सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।
बेहरा चोकबाट शुरु भएको सरसफाई कार्यक्रमले पुरै गाँउका साथै छठकोपनि सरसफाई गरेको हो । सरसफाईमा स्थानिय युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
नेकपा टोल कमिटिका अध्यक्ष जोगी पासवानको नेतृत्वमा आयोजना सरसफाई कार्यक्रममा संजय पटेल, टइट महतो, अदालत राउत, लक्ष्मी यादब, सुरेश महतो, कुशहर पासवान, जितेन्द्र यादब, रामकिशोर यादब, मदन महतो, रघुनाथ महतो लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस