आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अस्ताउँदै गरेको सूर्यलाई अघ्र् दिन छठ घाटमा ब्रतालुहरु जदैँ

AuthorAP Khabar २०७५ कार्तिक २७, मंगलबार ( ५ साल अघि) ६५५ पाठक संख्या

तिवारी यादब
विरंगज, कार्तिक २७  : आस्थाको पर्व छठको अवसरमा वीरगंज लगायत ग्रामिण क्षेत्रकाका मुख्य छठ घाटहरूमा वर्तालुहरु जने क्रम सुरु भएको छ । पर्सा, बारा लगायतका मध्यतराईका जिल्लामा छठ पूजाको अन्तिम तयारी पुरा भएसंगै ब्रतालुहरु छठ घाटमा जान थालेका हुन्
छठ पर्व मनाउनेहरुका लागि विभिन्न संघसस्थाले पोखरीको डिल र नदीको किनारलाई सरसफाइ गर्दै बेहुलै जस्तै गरी सिंगारेका छन३ । पर्सामा बीरगञ्जको घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया, पिपरा, रामगढवा, परवानीपुर ,ग्रामिण क्षेत्रको धोविनी, पकहामैनपुर, लहावरथकरी, खेश्राहा, सबैठवा, विन्दवासिनी, भिष्वा लगायतका घाटहरुमा ब्रतालुहरुको भिड लाग्न थालेको छ ।
तराई मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस