आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तिहारमा बेपता भएका निजगढका युवा केराबारीमा मृत फेला

AuthorAP Khabar २०७५ कार्तिक २७, मंगलबार ( ५ साल अघि) ५६० पाठक संख्या

AP संवादाता
निजगढ, कार्तिक २७ : निजगढ नगरपालिका–९ ठाडोलाईनका यज्ञ बहादुर खड्का १८ वर्षिय छोरा विनोद खड्का केराबारीमा मृत फेला परेका छन् । घरभन्दा २ सय मिटर पूर्व रहेको प्रदिप खड्काको केरा बारीमा मंगलबार विहान उनको शव भेटिएको हो ।
चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको हुन सक्ने प्रहरीले जनाएको छ । शवबाट दुर्गन्ध आईसकेको छ ।
शवका कुनै प्रकारको बाहिरी चोटपटक नदेखिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभएको छ ।
मृतकका बुवा बैदेशिक रोजगारीमा छन् । पढाई छाडेका विनोद बेला–बेलामा घर छाडेर हिड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस