आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उदाउदो सुर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न

AuthorAP Khabar २०७५ कार्तिक २८, बुधबार ( ५ साल अघि) ९९८ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २८ : तराई मधेस बासीहरुको सामुदायका बिच ज्यादै नैं महत्वपूर्ण मानिने छठपर्व बुधवार उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिँदै सम्पन्न भएको छ । तराई मधेसका प्राय हरेक शहर–बजार एवंम् गाँउ–टोलमा यो छठपर्व मनाइँने भएको हुँदा नजिकैको नदी , पोखरी वा ताल–तलैयाको किनारमा बनाईएका छठ घाटमा छठ ब्रतालुहरुले उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिएका हुँन् ।

तराईको बारा , पर्सा , रौतहट , मकवानपुर , सर्लाही , जनकपुर लगायतको विभिन्न जिल्लाको हरेक क्षेत्रको विभिन्न स्थानका छठ बतालुहरु बस्ने छठ घाट नजिक ठुल्ठुल्ला स्वागतद्वार बनाईएको थियो । छठीमाईको स्थल वर–पर भने टेण्ड (सम्याना) पण्डाल लगाएर छठीमाईलाई दुल्ही झैं सिंङ्गारिए जस्तै आयोजक समितिहरुका साथै स्थानीय बासिन्दाहरु पनि एक जुट भई एक आपसमा सहकार्य गरि छठ पर्व मानएका थिए ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं.७ जीतपुर स्थित रातोपुल , सिमरा स्थित छठीमाई पूजा समितिको परिसर , स्थानीय ठाठीमाई छठ घाट , केराढोका , टेंढारोड् , खालकाटोला , सदरमुकाम कलैयाको सिद्धेश्वर पोखरी , रामजानकी मंदिर , बरेवा छठीमाई पोखरी सहिँत बेलहिया , प्रस्टोका , सिम्रौनगढ , कचोर्वा , बरियारपुर , प्रसौनी , फेंटा , ईनर्वासिरा , परवानीपुर , फत्तेपुर , मनहर्वा , डुमरवाना , पथलैया , आमलेखगंज , निजगढ , पर्साको घडियर्वा पोखरी , रानी घाट , केहुनियाको तिलावे नदी , पोखरिया , निचुटा लागायतका तराईको हरेक जिल्लाको विभिन्न स्थानहरुमा छठीमाईलाई दुल्ही झैं सिंगारिए जस्तै सजाएर पर्व मनाईएको हो ।
कात्र्तिक महिनाको षष्ठीमा मनाइँने छठ पर्वमा अनिवार्य प्राकृतिक सामग्रीहरु दउरा –बाँसबाट बनाईएको टोकरी, नाङ्गलो , सुपली , पित्तल , बाँस तथा माटोले बनाईएको विभिन्न भाँडा बर्तन , नरिवल , पान , सुपारी , उँखु , अदुवा , निम्बु , सुन्तला , स्याउ , केरा , सिंङ्गडा , सरिफा , चामलको अछेता , अबिर , सिन्दुर , मुला , फर्सि र पिठोबाट बनाईएको ठेकुवा , खजुरी लगायतका पूजाका विभिन्न सामाग्रीहरु लिएर छठ पूजा गरिने गरिएको स्थानीय गणेश जी प्रसाद साहले बताए ।
निकै नैं कठोर व्रत रहेको यस छठ पर्वको पहिलो दिन आईतवार नहान खान गरि चोखो खाना खाएर छठपर्व शुरु भएको हो । सोमवार भने दिन भर उपवास बसेर छठ ब्रतालुहरुले रातमा रसियाव रोटी (खरना) बनाएर खाएका थिए । भने हिजो मंगलवार साँझ पख छठ घाटमा गएर पूजा बस्ने र अस्ताउँदै गरेको सूर्य देवलाई अर्घ दिईएको थियो ।
धार्मिक मान्यता अनुसार पर्व बस्नाले घर परिवारको सुख , शान्ति , समृद्धिसँगै आ–आफ्ना मनोकांक्षा सजिलै पुरा हँुने जन बिश्वास सँगै छठपर्वले व्यापक्ता पाएको हो । छठ पर्वको मुख्य बिशेषता भनेको सबैले उदाउँदै गरेको सुर्यलाई ढोग्छन् । तर , यहाँ अस्ताउँदै गरेको सुर्य भगवानलाई पनि बडो श्रद्धा पूर्वक ढोग्ने काम गरिने स्थानीय कृष्णवर्त सिंहले बताए ।
यसको अर्को विशेषता भनेको तराई मधेसका दलित , जनजाती तथा मुस्लिमहरुले पनि एकै ठाउँमा बसेर पूजा गर्नेले यसलाई मेल–मिलाप , सद्भाव तथा साहिँष्णुताको प्रतिक पनि मानिन्छ ।

प्रतिक्रिया दिनुहोस