आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निको इन्सुरेन्सद्धारा भण्डारी बस्त्रालयलाई बिमाको चेक हस्तान्तरण (भिडियो सहित)

AuthorAP Khabar २०७५ कार्तिक २९, बिहिबार ( ५ साल अघि) १३८२ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २९ : नेको इन्सुरेन्स लि.ले भण्डारी बस्त्रालयलाई दुर्घटना बिमा बराबरको चेक हस्तान्त्रण गरेको छ । बिहिवार जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको सभा हलमा आयोजित एक औपचारीक कार्यक्रम बिच यस इन्सुरेन्स लि.ले आगलागिबाट पिडित भएका भण्डारी बस्त्रालयका प्रोप्राइटर शेखर भण्डारीलाई दुर्घटना बिमा बराबरको ६६ लाख ५५ हजारको चेक हस्तान्त्रण गरेको हो ।
शेखर बस्त्रालयमा भदौ ११ गते राती विधुत सर्ट भएर आगलागि भएको थियो । आगलागिमा बस्त्रालयको करिब एक करोड भन्दा बढिको कपडाका साथै भौतिक क्षती भएको थियो ।
करिब ११ वर्षदेखि इन्सुरेन्स गर्दै आएका यस बस्त्रालयले पछलो समय आफ्नो ब्यापारलाई अगाडि बढाउन बैँकसंग ऋणको कारोबर समेत गरेका थिए । आगलागि पश्चात बस्त्रालयका संचालन भण्डारीले हालसम्म कुनै अरु ब्यापार सुरु गर्न नसकेको र विमाङ्क रकम आएपछि पुनः ब्यापारलाई अगाडी बढाउन संचालक भण्डारीको भनाईछ ।
उहाँले बिमाले आफुलाई सडकमा ल्याउनबाट बचाएको बताउदै अन्य ब्यापारीलाई पनि सानो भन्दा सानो ब्यापारकोपनि बिमा गरेर सुरक्षीत हुन आग्रह गर्नुभयो । साथै भण्डारीले छोटो समयमा बिमा रकम सहयोग गर्ने निको इन्सुरेन्स लि.लाई समेत धन्यावाद दिनुभयो
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साहको सभापतित्वमा आयोजित चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै निको इन्सुरेन्स लि. का क्षेत्रीय प्रबन्धक गोबर्धन दुवाडीले नेपाल मै पहिलो स्थानमा रहेको यस इन्सुरेन्समा निर्जीवन बिमा गराउन ब्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो ।
उहाँले राम्रो ब्यवस्थापनसंगै गुणस्तरीय सेवाका कारण यस इन्सुरेन्सलाई सबैले मान पराउदै गएको बताउदै भण्डारी बस्त्रालयले समयमै बिचार पु¥यायर आफ्नो ब्यापारलाई सुरक्षीत गरेको प्रती खुसी ब्यक्त गर्नुभएको थियो । उहाँले भण्डारी बस्त्रालयको २३ दिनको दिनमा सम्पन्न भैसकेको जानकारी समेत दिनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा नेको इन्सुरेन्स लि. विरगंजका शाखा प्रबन्धक राघव आचार्य लगाएत जीतपुरसिमरा नगरउद्योग वाणिजय संघका कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मोहन शर्मा लामिछानेको सहजिकरणमा सम्पन्न कार्यक्रममा मनोज साहले स्वागत मन्तब्य राख्नुभएको थियो ।

भिडियो हेर्न याहाँ क्लिक गर्नुभहोस 

प्रतिक्रिया दिनुहोस