आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्थानिय उत्पादनले देशलाई आर्थिक सम्बृद्व बनाउन मन्त्रि यादबको भनाई

AuthorAP Khabar २०७५ कार्तिक ३०, शुक्रबार ( ५ साल अघि) ६५४ पाठक संख्या

AP डेस्क

जीतपुर,कार्तिक ३० :  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि मात्रिका यादबले स्थानिय उत्पादनमा जोड दिन सके देशलाई आर्थिक रुपमा सम्बृद्व बनाउन सकिने बताउनुभएको छ । बाराको सिमरा स्थित दुधौरा खोलाको किनारमा आयोजीत “कृषि, पर्यटन तथा ब्यापारीक मेला” बारा महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्रि यादबले स्थानिय उत्पादनमा बृद्वि गर्ने कुरामा जोड दिनुभएको हो ।
५९ प्रतिशत काम गर्ने जनशक्ति रहेको नेपालमा बाहिरबाट आयात हुने समानका कारण आन्तरीक ब्यवसाय प्रभावित हुदै गएकोले अब आफ्नै देशको उत्पादनमा जोड दिन सबैलाई सुझाव दिनुभयो । उहाँले देशका युवाहरुलाई देश भित्रै स्वरोजगार बनाउन नसके देश प्रगति गर्न नसक्ने बताउदै विधुत र कृषिबाट मात्र देशलाई सम्बृद्व नेपाल र सुखि नेपालीको नारालाई साकार रुप दिनसक्ने बताउनुभयो ।
कृषिको लागि बारा जिल्ला उरवर भुमिको रुपमा रहेको जिकीर गर्दै खेती गर्ने शैलीलाई आधुनिकीकरण गर्न सुझाव दिनुभयो । साथै मन्त्रि यादबले थोरै जग्गामा खेती गरेका किसानहरुलाई सामुहिक रुपमा चक्लाबन्दि अनुसार खेती गर्न आग्रह गर्दै उहाँले सामुहिक रुपमा गरीएको खेतीमा राज्यले सहयोग गर्ने उद्घोष समेत गर्नुभयो ।
आज (शुक्रवार) बाट शुरु भएको कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) मंसिर १० गतेसम्म चल्ने आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद भट्टले जानकारी दिनुभयो । महोत्सव स्थलमा जिल्लाभित्र रहेको कृषीको अवस्था र सम्भावनाको बिषयमा विज्ञसंग जानकारी लिन सक्ने गरी ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ । यसैगरी जिल्लाको पर्यटकिय स्थलका बारेमा तस्विर, भिडियो र ब्रोसरबाट जानकारी गराउने तयारी भईरहेको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहनेछ । महोत्सवमा नेपालका चर्चित गायक शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के. क्षेत्री, दिपक लिम्बु, मिलन लामा, टिका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराई, प्रताप दास लगायत ३० जना भन्दा बढी कलाकारको प्रस्तुती रहनेछ ।
महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ । करिब ५८ लाखको अनुमानित लागतमा शुरु भएको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस