आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सानाकिसान डुमरवानाका सदस्यहरुलाई सजक रहन संस्थाको आग्रह

AuthorAP Khabar२०७५ मंसिर १, शनिबार (५ साल अघि) ६२९ पाठक संख्या

बिदुर खडका
डुमरवाना, कार्तिक ३० : नाकिसान कृषि सहकारि संस्था डुम्मरवानाले प्रेस बिज्ञप्ति जारि गरि आफ्ना संम्पुर्ण सेयर सदस्यहरुलाई सजक हुन आग्रह गरेको छ ।
संस्थाको २० औ मा बार्षिक साधारण सभाको प्रतिबेदन संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रिले गलत रुपमा तयार गरेको सेयर सदस्यहरुले आरोप लगाएपछि त्यसको अध्ययन गर्न बनेको समितिले हाल संस्थामा रहेको मुख्य प्रबन्धक नारायण क्षेत्रीलाई लेखाको ज्ञान नभएकै कारण यस्तो भएकोले संस्थाले लेखा सम्बन्धि ज्ञान भएका मुख्य प्रबन्ध नियुक्त गर्न सुझाव दिएको र त्यसको आधारमा संस्थाका लागि ८ आँै तहको लेखा संम्बन्धि ज्ञानभएका करारमा नियुक्ति गर्न खोज्दा समितिका दुईजना सदस्य र मुख्य प्रबन्धकले समिति र संस्था प्रति बिभिन्न आरोप लगाउदै पत्रकार संम्मेलन गरेको प्रति चिन्ता ब्यक्त गर्दै आफ्ना सदस्यहरुलाई सचेत रहन आग्रह गरेको हो ।
कार्तिक १६ गतेको संञ्चालक समितिको बैठकले संस्थामा देखिएको गतिरोध सामाधान गर्न सल्लाहकार समितिलाई जिम्मा दिएको थियो । तर संस्थाको नियम विपरित संस्थाको मुख्य प्रबन्धक नारायण क्षेत्रि र संञ्चालक दोय प्रदिप बराल र बिश्वनाथ लामिछानेले आफनो स्वार्थ पुरा गर्ने उद्धेश्यले कार्यलय समयमा सभा कक्षमै समितिलाई जानकारि नगराई संस्थालाई बदनाम गराउने उद्धेश्यले काम गरेकोले संस्थालाई बदनाम गराउने कामबाट सजग रहन सबै सदस्यहरुलाई आग्रह गरेको छ ।
संस्थाले कर्मचारि सेवा सुबिधा र शर्त निमावलि ०६८ को परिक्षेद ५ नियम ५.७ बिपरित मुख्य प्रबन्धक क्षेत्रिले पत्रकार संम्मेलन गरि संस्थाको प्रबन्धक संञ्चालक, लेखा समितिलाई कपोकल्पित आरोप लगाईएको प्रति सदस्यहरुलाई कुनै भ्रममा नपर्न बिज्ञप्ति मार्फत जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस