आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देउवाविरुद्ध पार्टी मुख्यालयमा नेविसंघको नाराबाजी

AuthorAP Khabar २०७५ मंसिर १, शनिबार ( ५ साल अघि) ४६३ पाठक संख्या

काठमाडौं, मंसिर, १ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेको छ । नेविसंघको केन्द्रीय कार्यसमिति खारेजी र म्याद थपको विषयमा दुईपक्षबीच विवाद बढेपछि विद्यर्थीले नाराजुलुस गरेका हुन् ।

दुई पक्षबीच विवाद चर्किएपछि विद्यार्थीले यसको आरोप मुल नेतृत्वलाई लगाएको नेविसंघ महामन्त्री कुन्दन काफ्ले जानकारी दिए । ‘नेविसंघ केन्द्रीय कार्यसमितिलाई खारेज गर्नुपर्ने माग एकथरी विद्यार्थी साथीले राख्नुभएको छ भने अर्कोथरीले कार्यसमितिको र म्याद थप गर्नुपर्ने माग राख्नुभएको छ’, महामन्त्री काफ्लेले भने, ‘यही कुरामा विवाद छ । पार्टी नेतृत्वका कारण नेविसंघ विवादमा फसेको आरोप साथीहरुले लगाएका छन् ।’

कांग्रेसले बैठक बोलाएपछि नेविसंघ आवद्ध विद्यार्थी सानेपामा पुगेर पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेका हुन् । पार्टी मुख्यालयमा सभापति शेरबहादुर देउवा प्रवेश गरेपछि चर्को नाराबाजी सुरु हुँदा नेविसंघका दुईपक्षबीच झडप हुने स्थिति सिर्जना भएको थियो। यद्पी प्रहरीले स्थिति नियन्त्रणमा लिएको महामन्त्री काफ्लेले जानकारी दिए ।

अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस