आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

AuthorAP Khabar २०७५ मंसिर २, आईतबार ( ५ साल अघि) ६४२ पाठक संख्या

रुकुम, मंसिर २ : रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको गोली हानी र खकुरी प्रहार गरी हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।
बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उहाले बताउनुभयो । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरीको भनाई ।
बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनलाईन खबर

प्रतिक्रिया दिनुहोस