AP डेस्क
जीतपुर, मंसिर २ : बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा जारी बारा महोत्सव २०७५ मा आईतवार (आज) नेपाल आईडलका निशान भट्राई आउनुहुने भएको छ ।
वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा भईरहेको महोत्सवको तेश्रो दिन नेपाल आईडलका भट्राई बारा आउन लाग्नुभएको हो । भट्राई नेपाल आईडल सिजन १ मा दोश्रो हुनुभएको थियो ।
यसैगरी आजै नेपालका चर्चित गायक मिलन लामापनि आउनुहुने भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लामाले आफ्ना लोक दोहोरीबाट दर्शकको मन जित्नेछन्
यस्तै हास्यकलाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल र बाराका दर्शकको मन जित्न सफल हास्यकलाकार दिनेश काफ्लेले पनि आफ्नो प्रस्तुती देखाउने आयोजक एस फाउण्डेशन अफ नेपालले जनाएको छ ।
महोत्सव मंसिर १० गतेसम्म चल्ने यस महोत्सवमा नेपालका चर्चित गायक शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के. क्षेत्री, दिपक लिम्बु, मिलन लामा, टिका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराई, प्रताप दास लगायत ३० जना भन्दा बढी कलाकारले आफ्नो प्रस्तुती देखाउनेछन् ।
प्रतिक्रिया दिनुहोस