आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परवानीपुरको स्वास्थ्य चौकीमा शौचालय नहुदाँ समस्या

AuthorAP Khabar २०७५ मंसिर २, आईतबार ( ५ साल अघि) ४७५ पाठक संख्या

तिवारी यादव

वीरगञ्ज, मंसिर २ : बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको स्वास्थ्य चौकीमा शौचालय नहुदाँ समस्या हुन थालेको कर्मचारीहरुले गुनासो गरेका छन् । स्वास्थ्य उपचारका लागी स्वास्थ्य चौकीमा आउने सेवाग्राहीलाई शौचालय नहुँदा समस्या हुन थालेको गुनासो गरेका छन् ।

विगत लामो समय देखि स्वास्थ्य चौकीमा शौचालय नहुदाँ समस्या हुन थालेको स्वास्थ्य चौकी प्रमुख हेल्थ अस्टीटेन्ट जयकृष्णा मिश्राले गुनासो गरे । पुरुष कर्मचारीले यताउति गएर काम चलाईहाल्छौ, तर महिलालाई शौचालय नहुदाँ झनै समस्या हुन थालेको हेल्थ अस्टीटेन्ट मिश्राले बताए।

स्वास्थ्य चौकीमा शौचालय नभएको बारे पटक पटक गाँउपालिका प्रमुख र वडाध्यक्षलाई बैठक मार्फत जानकारी गराएपनि समस्या भएको हेल्थ अस्टीटेन्ट मिश्राले दुखेसो गरे’ । स्वास्थ्य चौकीमा शौचालय नभएको महिलालाई कर्मचारीलाई हुने समस्यालाई गाँउपालिका प्रमुख हरीनारायण साह ,वडा अध्यक्ष अनिल रामलाई पटक पटक जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको स्वास्थ्य चौकीमा कार्यरत अनमी अर्मीला महतोले गुनासो गरीन ।

उनले भनिन् विगत लामो समय देखि स्वास्थ्य चौकीमा शौचालय नहुँदा अरुको घरमा जानुपर्ने बाध्यता रहेको दुखेसो गरीन् । उपचारका लागी स्वास्थ्य चौकीमा जादाँ शौच गर्नेको लागी शौचालय नहुँदा सेवाग्राहीलाई पनि समस्या हुन थालेको लिपनीमाल कि सेवाग्राही कुमारी देविले गुनासो गरीन् ।

कुमारीले भनिन्,’स्वास्थ्य चौकी जस्तो ठाँउमा शैचालय नहुँदा लाजमर्दो कुरा रहेको बताईन’ । स्वास्थ्य चौकीको बिषयमा गाँउपालिकाका प्रमुख हरीनारायण साह संग बुझँदा स्वास्थ्य चौकीको लागी पर्याप्त ठाँउ उपलब्ध नहुदा शौचालयको निर्माण गर्ने नसकिएको प्रतिक्रिया दिए ।प्रमुख साहले भने,’स्वास्थ्य चौकीको छेउमा सार्वजनिक शौचालय निर्माण भईरहेको छ , एक दुई महिना भित्र सम्पन्न भए त्यसमै स्वास्थ्य चौकीका कर्मचारी र सेवाग्राहीलाई उपलब्ध गराईने बताए ।

स्वास्थ्य चौकीमा हेल्थ अस्टीटेन्ट १ जना र अनमी २ जना गरी तिन जना कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस