आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परवानीपुर हाट बजारको ठेक्का नलगाई , पार्टि कार्यकर्ता पालिदै

AuthorAP Khabar २०७५ मंसिर ३, सोमबार ( ५ साल अघि) ५२५ पाठक संख्या

तिवारी यादव
वीरगञ्ज, मंसिर ३ : बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ मा रहेको परवानीपुर बजारको अहिले सम्म टेन्डर हुन नसकेको स्थानीयबासीले बताएका छन ।परवानीपुर गाँउपालिकामा मध्ये सबै भन्दा ठुलो हाट बजारको रुपमा रहेको परवानीपुर बजारको गाँउपालिका कार्यालयले ४ महिना बितिसक्दा समेत टेन्डर गर्ने नसकेको स्थानीयबासीको आरोप छ ।
राजपा नेपालबाट गाँउपालिका अध्यक्षमा निर्वाचीत हरीनारायण साहले हाट बजारको टेन्डर नगरी बजारको रकम उठाएर कार्यकर्ता पाल्दै आएको स्थानीयबासीको आरोप छ ।आव २०७५/०७६ सुरु भएको चार महिनामा बजारको टेन्डर नगर्नु गाँउपालिकाबासीको लागी चिन्ताको बिषय रहेको स्थानीय मेराजुल हवारीले गुनासो गर्नुभयो ।
हाटबजार बाट गाँउपालिका अध्यक्षका पार्टिका कार्यकर्ता रकम असुल्दै आएको व्यापारीहरुले बताएका छन । गाँउपालिका अध्यक्ष साहले हाट बजारको प्रगतिको लागी कुनै वास्ता नगरेको व्यपारीहरुको दुखेसो छ ।
परवानीपुर बजारको हाट बजार भन्दा बढि गाँउपालिको लागी आन्तरीक आम्दानी केहि बाट नहुने स्थानीबासीको भनाई छ । हाटबजारका लागी गाँउपालिका अध्यक्ष साहले कुनै वास्ता नगरेको स्थानीय सोयब अख्तर हवारीको गुनासो छ ।’बजारको टेन्डर नगरी बजारका व्यापारीहरु बाट मनोमानी तरीकाले रकम असुल्दै आएको व्यापारीहरुले बताएका छन् ।
गाँउपालिका कार्यालयको लापरावाहीले हाट बजारको अहिले सम्म ठेक्का हुन नसकेको वडा नम्बर ३ का वडा अध्यक्ष अनिल रामले स्वीकार गर्नुभयो । तर, यस बिषयमा गाँउपालिका अध्यक्ष हरीनारायण साहले बजारको ठेक्का लगाउनको लागी एक चोटि टेन्डर खोलिएको थियो , एउटा पनि टेन्डर नपर्दा गाँउपालिकाका कर्मचारीले रकम असुल्दै आएको दावि गरे । गत आव २०७४/०७५ मा परवानीपुर बजारका ठेक्का १८ लाख ३५ हजारमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस