आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुरघटना न्युनिकरण गर्न क्लबद्धारा ट्राफिक जेब्रा क्रसिङ्ग

AuthorAP Khabar २०७५ मंसिर ४, मंगलबार ( ५ साल अघि) ६८१ पाठक संख्या

AP डेस्क
जीतपुर, मंसिर ४
नेपाल युवा क्लब, बाराले जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा सवारि दुर्घटना न्युनिकरण करण जेब्रा क्रसिङ्गको लगाएको छ । केहि समय यता जीतपुरमा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण यस क्लबले जेब्रा क्रसिङ्गका बनाएको हो ।
जेब्रा क्रसिङ्ग नहुदाँ सवारी साधन बजार क्षेत्रमा दुर्त गतिमा चलाउने र पैदल यात्रुलाई सडक पार गर्न समस्या हुनुका साथै दुरघटना बढदै गएकोले यो कार्यक्रमको आयोजना गरेको नेपाल युवा क्लब, बाराका अध्यक्ष अयुब खाँले जानकारी दिनुभयो ।
क्लबले जीतपुर ईलाका प्रहरी कार्यालयदेखि रातो पुल सम्म गरी पाँच स्थानमा जेब्रा क्रसिङ्ग बनाएको छ । करिब ८० जनाको सदस्यता रहेको यस क्लबका सदस्यहरुले आफैले चन्दा संकलन गरेर यो काम गरेको समेत अध्यक्ष खाँले जानकारी दिनुभयो ।
यता विकास निर्माणको कार्यमा सबैको सहकार्य हुन आवश्यक रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरीले बताउनुभएको छ । उहाँले जील्लाकै मुख्य ब्यापारीक केन्द्रको रुपमा रहेको जीतपुर बजार क्षेत्रमा मानिसहरुको चाप बढदै गएको अवस्थामा दुरघटनामा समेत बृद्धि भएको जनाउदै त्यसलाई न्युनिकरण गर्न यस क्लबले देखाएको सक्रियता प्रति धन्यवाद दिनुभएको थियो ।
यस उपमहानगरपालिकाको जीतपुर क्षेत्रमा पछिलो समय एक हप्तामा करिब १० ओटा भन्दा बढि दुरघटना भएको जसमा ५ जनाको मृत्यु भएको जीतपुर ट्राफिक पोष्टका प्रहरी हवलदार शैलेन्द्र यादबले जानकारी दिनुभएको छ ।
क्लबका अध्यक्ष खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरिक्षक रामउदय राउत शर्मा, जीपतुरका समाजसेवि राजुराज गिरी, स्थानिय सुनिल गुप्ता लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस