आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बजारबाट निस्केको फोहोर नउठँदा परवानीपुरका स्थानियलाई समस्या

AuthorAP Khabar २०७५ मंसिर ५, बुधबार ( ५ साल अघि) ४३० पाठक संख्या

वीरगंज,मंसिर ४ : बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको परवानीपुर बजार नियमित रुपमा सरसफाई नहुदाँ समस्या हुन थालेको व्यापारीहरुले गुनासो गरेका छन । गाँउपालिका कार्यालयले सरसफाई नगरी बजारबाट मात्र रकम असुल्दै आएको व्यापारीहरुको आरोप छ ।बजार बाट निस्केको फोहोर एक ठाँउमा व्यापारीहरुले जम्मा गर्दे आएका छन ।बजारको निस्केको फोहोर कर्मचारी नियमित रुपमा नउठाई दिदाँ समस्या हुन थालेको तरकारी व्यापारी श्रीराम साहले गुनासो गरे ।
उनले भने,’बजार सरसफाई गर्नको लागी गाँउपालिकाले कर्मचारी राखेका छ । तर,सरसफाई गर्ने कर्मचारी आलटाल गरी नउठाँई दिदाँ समस्या हुन थालेको बताए । बजार बाट निस्केको फोहोर नियमित रुपमा नउठाँउदा बजार नै कुरुप हेर्ने थालेको बजार गर्नेका आएका बगहीका राजेश पंडितले गुनासो गरे । पंडितले भने,’ बजार बाट सधै फोहोर निस्कीन्छ तर समयअनुसार फोहोर नउठाँदा कुरुप हेर्दे आएको बताए ।
परवानीपुर बजारको फोहोर उठाँउनको लागी ठेलाको अभाव भएकोले नियमित रुपमा फाहोर उठाँउन नसकिएको कर्मचारी जोगी मलिले बताए ।
बारा र पर्साको मध्य भागमा पर्ने परवानीपुर बजारमा बाराको ताजपुर ,रामपुर टोकनी , मुसहरी , बुनियाद, बेहरा , बलुवा , गौनहरी , रहरीयाडिह पर्साका बगही , चोर्नी , बगही , लालपर्सा प्रशोतिपुर , बेलवा ,पटेलनगर , सुखचैना ,जगरनाथपुर लगायतका गरी ३० गाँउमा मान्छेहरु बजार गर्ने परवानीपुर बजार आउने गरेका छन ।
यस बिषयमा परवानीपुर गाँउपालिका अध्यक्ष हरीनारायण साहले भने गाँउपालिका कार्यालय बजार सरसफाई गर्नेको लागी कर्मचारी राखेको छ , फोहोर उठाउने ठेला विग्रेकाले फोहोर उठन नसकेको प्रतिक्रिया दिए । साहले भने,’फोहोर ठेलालाई मर्मत गरी नियमित रुपमा उठाउन लगाउन बताए । परवानीपुर बजारको फोहोर उठाउनको लागी २ जना कर्मचारी कार्यरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस