आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्मचारी समायोजन अध्यादेशप्रति राज्य व्यवस्था समितिको चासो

AuthorAP Khabar २०७५ मंसिर ५, बुधबार ( ५ साल अघि) ३९० पाठक संख्या

काठमाडौँ, मंसिर ५  : संसदको राज्य व्यवस्था सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी समायोजन अध्यादेश उपलब्ध गराउन पत्राचार गरेको छ ।
मौखिक रुपमा माग गर्दा मन्त्रालयले उक्त अध्यादेश उपलब्ध नगराएपछि लिखित रुपमै माग गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिनुभएको छ ।
सभापति श्रेष्ठका अनुसार, समिति सदस्यहरुको मागबमोजिम गत बुधबार मन्त्रालयसँग अध्यादेश माग गरिएको थियो । तर, मौखिक रुपमा माग गर्दा प्राप्त नभएपछि समिति सचिवालयले गत शुक्रबार नै पत्र पठाएर उक्त उध्यादेश उपलब्ध गराउन माग गरेको थियो ।
तर, अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समिति सचिवालयले जनाएको छ । कर्मचारी समायोजन अध्यादेश प्राप्त हुने वित्तिकै समितिमा छलफल हुने समिति सभापति श्रेष्ठको भनाई छ । समिति सदस्यहरुले कर्मचारी समायोजन अध्यादेशका सन्दर्भमा यसअघि पटक–पटक आवाज उठाउँदै आएका थिए । अनलाईन खबर

प्रतिक्रिया दिनुहोस