आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा १८ वर्षिय महिला मृत अवस्थामा

AuthorAP Khabar २०७५ मंसिर ५, बुधबार ( ५ साल अघि) ५२२ पाठक संख्या

AP डेस्क
जीतपुर,मंसिर ५ : बाराको काटघाट जंगलमा एक जना महिला मृत अवस्थामा भेटिएकी छिन । भेटिएको लास संकाशपद रहेको प्रहरीले जनाएको छ ।
जंगलको गोरेटो बाटो भन्दा केहि पर फालिएको अवस्थामा शवलाई जंगलमा गएका ब्यक्तिहरुले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटना स्थलमा पुगेको बारा प्रहरीको टोलीले शव सनाखत हुन नसकेको जनाएको छ ।
करिब १०÷१२ घण्टा भित्र निज मृतकलाई करनि गरेर फालिएको हुन सक्ने अनुमान प्रहरीको रहेको छ । मृतकको उमेर १८ ÷१९ वर्षको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतकको शवलाई थप अनुसन्धान गर्न जील्ला अस्पताल कलैया पढाएको र हाल घटना स्थलमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान भैरहेको बाराका प्रहरी नायब उपरिक्षक रंजित सिहं राठोरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस