आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रेडियो सिमरा १० औँ वर्षमा प्रवेस

AuthorAP Khabar २०७५ मंसिर ५, बुधबार ( ५ साल अघि) ४७४ पाठक संख्या

सिमरा, मंसिर ५ : हाम्रो समाज जगारण अभियानद्धारा सञ्चालित बारा जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो सिमरा ९१.२ मेर्गाहज आज नौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको छ ।

दशौं बार्षिक उत्सवको अवसरमा रेडियो सिमराका कार्यकारि निर्देशक मनोज पौडेलले एक विज्ञप्ति प्रकासित गरि रेडियो सिमरालाई यस स्थान सम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण विज्ञापनदाता, श्रोता, शुभेच्छुक, शुभचिन्तक, सहयोगि लगाएत सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
समुदायको पहेरदारको रुपमा, आवाज बिहिनको आवाज बनेर आएको सामुदायिक रेडियो, रेडियो सिमरा ९१.२ मेर्गाहज २०६६ मंसिर ५ गते देखि सञ्चालनमा आएको थियो । ५०० वाट बाट प्रशारण भैरहेको रेडियो सिमराले बेलाको बोलि जनताको आवाज मूल आशयका साथ आपmनो नियमित प्रशारण समाचार, कार्यक्रम लगायत राष्ट्रिय स्तरका रेडियो कार्यक्रमहरु बिबिसिको जनसरोकार, जागरण मिडिया सेन्टरको साझपहल, सिआइएन, उज्जालो नेटवर्क, नेपाल एफएमको कार्यक्रमहरु प्रशारण गर्दै स्थापित हुदै सदैब समुदायको हितमा रहि निशुल्क पत्रकारिता तथा व्यक्तित्व बिकास तालिम, रक्तदान, निशुल्क स्वास्थय शिविर, श्रोता मिलन, गाउघर अभियान लगाएतका कार्यबाट समुदायमा आफनो परिचय स्थापित गर्न सफल छ ।
रेडियो सिमरा ९१.२ मेर्गाहजले सामाजिक अभियानलाई थप सशत्त बनाउनुका साथै आगामि दिनमा आफ्नो कार्यक्रमहरुलाई थप परिस्कृत गरेर अगाडि बढ्ने विज्ञप्ति मार्फत रेडियोका कार्यकारी निर्देश पौडेलले जानकारी दिनुभएको छ ।
प्रतिबद्धता समेत गर्दछौ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस