आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा एक महिलाको शव बेवारिसे अवस्थामा भेटियाे

AuthorAP Khabar २०७५ मंसिर ७, शुक्रबार ( ५ साल अघि) ४८१ पाठक संख्या

अखिलेश यादव
रौतहट, मंसिर ७ : रौतहटमा शुक्रवार बेलुका एक महिलाको शव बेवारिसे अवस्थामा धानको खेतमा फेला परेको छ।
रौतहटको परोहा नपा ३ तेजापाकड स्थित लाल बकैया नदि नजिक रहेको धानको खेतमा ठेगाना खुल्न नसकेको अन्दाजी ४० बर्षको महिला मृत अवस्थामा फेला परेको जिल्ल प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाको अनुशन्धान भैरहेको र शवलाई ईलाका प्रहरी कार्यालय कोपवा को सहयोगमा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतक महिलाको टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस