आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा शनिवारबाट ग्रासरुट फुटबल शुरु

AuthorAP Khabar २०७५ मंसिर ८, शनिबार ( ५ साल अघि) ५९८ पाठक संख्या

AP डेस्क

बारा,मंसिर ८ : बालबालिकालाई फुटलबमा आकर्षित गरी फुटबल खेलको विकास गर्न बाराको सिमरा ंरंगशालामा शनिवार ग्रासरुट फुटवलको  औपचारिकरुपमा  उद्घाटन गरीएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र जिल्ला फुटबल संघ बाराको आयोजनामा गत भदौ ३१ गतेबाट सिमरामा शुरु भएको कार्यक्रमकोे जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डाक्टर कृष्ण पौडेल र एन्फा अध्यक्ष कर्माछिरिङ्ग सेर्पाले उद्घाटन गर्नु भएको हो ।

फुटबल खेलको विकास गर्न ग्रासरुट कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाहा गरेको जितपुरसिमराका प्रमुख पौडेलले बताउनुभयो । प्रमुख पौडेलले कार्यक्रमको निरन्तरता र फुटबलको विकासको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।

त्यसैगरी एन्फा अध्यक्ष सेर्पाले बालबालिकालाई खेलमा आकर्षित गरेर फुटबलको विकास गर्न प्रशिक्षणको आयोजना गरिएको जानकारी दिनुभयो । तल्लो तहबाट फुटबल सिकाउन सकिए देशमा दक्ष खेलाडी उत्पादन हुने र खेलको विकासमा मद्दत पुग्ने उहाको भनाई छ ।

एन्फाले बालबालिकालाई फुटलबमा आकर्षित तुल्याएर फुटबलको विकास गर्न देशका विभिन्न ४५ जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम संचालन गर्दै आएको छ ।

कार्यक्रम अन्तरगत ८ देखि १३ बर्षसम्मका बालबालिकालाई ४ बर्षसम्म निरन्तर प्रशिक्षण उपलव्ध गराउने योजना एन्फाले राखेको छ । सिमरामा सहभागी विभिन्न २० विद्यालयका ४ सय बालबालिकालाई ४ जना प्रशिक्षकले प्रतेक हप्ता शनिबार बिहान अढाइ घण्टा तालिम दिदै आएको कार्यक्रम संयोजक रामचन्द्र लामाले जानकारी दिनुभयो ।

सहभागी बालकालिकाहरुमा विद्यालयको अध्ययनसंग फुटबलमा पनि अभिरुचि बढेको लामाले बताउनुभयो । अभिभावक, स्थानीय निकाय र संघ सस्था तथा खेलप्रमीहरुको सहयोगमा कार्यक्रम संचालन भइरहेको पनि उहाले जानकारी दिनुभयो ।

एन्फाले बालबालिकालाई फुटलबमा आकर्षित तुल्याएर फुटबलको विकास गर्न देशका विभिन्न ४५ जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम संचालन गर्दै आएको छ ।

एन्फा अध्यक्ष सेपाले ग्रासरुट कार्यक्रमबाट छनौट गरिएका खेलाडी सहभागी गराएर आगामी दिनमा विद्यालय, प्रदेश र राष्ट्रिय स्तरमा समेत ग्रासरुट फुटबल लिग प्रतियोगिताको आयोजना गर्ने तयारी भएको पनि जानकारी दिनुभयो ।

यसैबीच उपमहानगरपालिका प्रमुख पौडेल र अध्यक्ष सेर्पाले सिमरा रंगशालामा निर्माण भएको २ वटा चेन्जिङ्ग रुपमाको पनि उदघाटन गर्नु भएको छ । एन्फाको ९ लाख रुपैया सहयोगमा रंगशाला परिशरमा निर्माण भएको आधुनिक र सुविधा सम्पन्न रुमको उदघाटन भएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा लगायत बारा, पर्सा र रौतहट जिल्लाका खेल पदाधिकारी, जनप्रतिनि लगायत खेलप्रेमी र ग्रासरुट फुटबल र बालबालिकाहरुको समेत उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस