आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा बैठक आइतबार (आज) पनि

AuthorAP Khabar २०७५ मंसिर ९, आईतबार ( ५ साल अघि) ४८३ पाठक संख्या

काठमाडौं, मंसिर ९ : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का शीर्ष नेताहरुको अनौपचारिक बैठक आज पनि बस्दैछ । दुई दिन देखि जारी सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाड गर्न नसकेपछि आजको शीर्ष नेताको बैठकबाट टुंग्याइने नेकपाले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्हका लागि बैठक बोलाइएको छ ।
नेकपाका केन्द्रीय सदस्यको कार्य्बिभाजनबारे शीर्षनेताहरुले छलफल गर्ने भएका हुन् । हिजो बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल प्रारम्भ भए पनि नटुंगिएकाले आज छलफल हुने गरी बैठक सारिएको थियो ।
शीर्ष नेताहरुले आज गर्ने छलफलमा केन्द्रीय सदस्यको कार्यबिभाजन टुंगो लगाएर भोलिको स्थायी कमिटि बैठकबाट अनुमोदन गराउदै जनवर्गीय संगठनको एकीकरण टुंगोमा पुर्याइने सहमति भएको छ । नेकपाको एकतापछि ४ सय ४१ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको एकिकरणमा ढिलाई हुँदा सबै जिम्मेवार विहिन बनेका छन् ।
जनता समाचार

प्रतिक्रिया दिनुहोस